७ बैशाख २०८१, शुक्रबार
सत्ता गठबन्धनको निर्णय जसपा बाँकेले नमान्ने संकेत

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७९, बिहीबार १९:५२

नेपालगञ्ज :  सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजबादी पार्टी बाहिरीएपछि जिल्ला स्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउदै उम्मेदवारी दिने संकेत देखिएको छ । बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजबादी पार्टी बाँकेले केन्द्रले कार्यकर्ताको भावना विपरित गरेको गठबन्धन नमान्ने संकेत दिएको छ ।

पार्टी बाँके अध्यक्ष समेत रहेका नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका आकांक्षी कमरुद्दिन राईले केन्द्रको गठबन्धनको निर्णय स्वीकार गर्न नसकिने अबस्थामा रहेको बताए । उनले भने–‘ हामी अहिले बैठकमा छौ । कार्यकर्ताको चौतर्फि दबाबमा छौ । लगभग केन्द्रले लादेको गठबन्धनको निर्णय नमान्ने अवस्था नजिक पुगेका छौ, केही बेरमा निर्णय आउछ ।’

पार्टीले बाँकेका चार पालिकामा गठबन्धन नगर्ने भनी केन्द्रलाई पठाएको जिल्लाको निर्णयलाई केन्द्रले बेवास्ता गरेर अपमान गरेको उनको ठम्याई छ । उनले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पार्दै भने–‘जिल्लाको बस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिदैन ।’

 

Nabintech