१३ बैशाख २०८१, बिहीबार
जसपाका कमरुद्दीन नेपालगञ्जको उप–मेयरमा लड्ने

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७९, शुक्रबार १८:३७

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राई नेपालगञ्जको उपमेयर लड्न तयार भएका छन् ।

मेयरको दाबेदारी गरिरहेका राईले स्थानीय कार्यकर्ताको जनभावना र नेपालगञ्जबासीको चाहना अनुसार आफू उपमेयरमा लड्न तयार रहेको बताएका हुन् । सत्ता गठबन्धन दलहरुले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार बनाउने निर्णय गरेसंगै जसपा बाँकेले उक्त निर्णय नमान्ने भन्दै आपत्ति जनाएको थियो ।

राईले पार्टी केन्द्रले गरेको निर्णय गलत भएको भन्दै उक्त निर्णय विरुद्ध संघर्ष जारी राख्ने बताएपनि गठबन्धनको सहमति अनुरुप उपमेयरमा भने उम्मेदवारी दिने प्रतिक्रिया दिएका हुन् । अब उपमेयर बनेर नेपालगञ्जबासीको सेवा गर्ने उनले बताए ।

Nabintech