७ बैशाख २०८१, शुक्रबार
जसपाकी रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७९, शुक्रबार १८:४३

नेपालगञ्ज : जसपाकी रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरेकी छन् । वैश्य यसअघि जसपाबाट नेपालगञ्ज उपमेयरका अकांक्षी थिइन् ।

तर पाँच दलिय सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपहानगरपालिकामा जसपालाई उपमेयर दिने निर्णय गरेपछि मेयरमा उम्मेदवारी दिने भनिएको जसपाका कमरुद्दिन राईले उपमेयरमा उमेदवारी दिने घोषणा गरेपश्चात् जसपाबाट उपमेयरका अकांक्षी बैश्य राप्रपा नेपालमा प्रवेश गरेकी बताइएको छ ।

चुनाव नजिकिएसंगै बाँकेमा पार्टी परिवर्तन तथा पार्टी प्रवेश गर्ने लहर चालिरहेको छ ।

Nabintech