३ आश्विन २०८१, बिहीबार
अवैधरुपमा भित्र्याइएको ठुलो परिमाणको चिनी बरामद

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७९, शुक्रबार १८:४५

नेपालगञ्ज : भारतबाट अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरो चिनी बीपी चोकमा खटिएको वड प्रहरी कार्यालय नेपालगञ्जको प्रहरीले बरामद गरेको हो ।

वडा प्रहरी कार्यालयका अनुसार भन्सार छलेर ल्याइएको २४ बोरो चिनी र ४ बोरा सुर्ती बरामद भएको छ । बीपी चोकमा ड्युटी बस्ने प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद भइरहेको हो ।

Nabintech