कोहलपुर : इलाका प्रशासन कार्यालय कोहलपुरमा भवन,फर्निचर र कम्प्युटर लगायतका उपकरण जलेर नस्ट भएका कारणले सेवा प्रभावित्त भएको छ ।
भदौं २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनबाट इलाका प्रशासन कार्यालय कोहलपुरको संरचना, फर्निचर, कम्प्यूटर तोडफोड र आगजनी भएपछि अहिले सम्म पनि सेवा प्रभावित भएको हो ।
इलाका प्रशासन कार्यालय कोहलपुरकि प्रमुख अन्तिम सिजालीले विरोध प्रर्दशन का क्रममा लगिएका सर सामानहरु र्फिता गरिदिनुहुन सूचना मार्फत आग्रह गरिएको बताइन् ।

‘तोडफोड र आगजनी हुँदाका बखत इलाका प्रशासनका फर्निचर र कम्प्यूटर लिनुभएको महानुभावहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बुझाउँदा राम्रो हुनेछ’, उनले भनिन्, सात दिन भन्दा पछि कार्यालयले खोजी कार्य तिव्र रुपमा लिनेछ ।’ सो क्रममा भेटिए पाइएमा कानून बमोजिम कारवाही हुने इलाका प्रशासन कार्यालय कोहलपुर प्रमुख सिजालीले बताइन् ।





