१४ बैशाख २०८१, शुक्रबार
बाँकेको बाल सुधार गृहबाट बन्दी फरार

  • टाइम्स संवाददाता

  • १० बैशाख २०७९, शनिबार २०:२८

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित बाल सुधार गृहबाट एकजना बन्दी फरार भएका छन् । चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिवार अपरान्ह सवा चार बजे फरार भएका हुन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले भागेका बन्दीको खोजी भइरहेको बताए । बाल सुधार गृहबाट यसअघि पनि बन्दी भागेका थिए । यो समाचार तयार पारुञ्जेलसम्म बन्दी फेला परेका छैनन् ।

Nabintech