११ बैशाख २०८१, मंगलवार
नेपालगञ्जमा माओबादी केन्द्र नेपालगञ्जमा गठबन्धनबाट बाहिरियो

  • टाइम्स संवाददाता

  • १० बैशाख २०७९, शनिबार २०:३०

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र नेपालगञ्जले नेपालगन्जमा सत्ता गठबन्धनबाट बाहिरीएको घोषणा गरेको छ । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धनले नेपालगञ्जमा मेयरका उम्मेद्वार कांग्रेसका भागमा परेको प्रति असन्तुष्टी व्यक्त गर्दै सत्ता गठबन्धन तेड्ने घोषणा गरेको हो ।

सो कुराको जानकारी शनिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै माओबादी केन्द्र नगरका अध्यक्ष रतन शाहीले २०७४ सालको स्थानिय तहको निर्वाचनमा माओबादी केन्द्र नेपालगन्जमा तेस्रो स्थान हासिल गर्दागर्दै पनि केन्द्रिय गठबन्धनको मुल मर्म बिपरित नेपालगन्ज उप–महानगरपालिका भित्र रहेका गठबन्धन संम्बद्ध दलहरु नेपाली काँग्रेस, जनता समाजबादी पार्टीकोे भागमा मेयर र उपमेयरका उम्मेद्वार परेकोमा असन्तुष्टी व्यक्त गर्दै अन्य दलहरुले गठबन्धनको मुल स्प्रिट बिपरित वडाहरुमा एक्ला एक्लै चुनाबी प्रतिस्पर्धामा जाने योजना बनाइसकेपछि नेपालगञ्ज उप–महानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएकाले गठबन्धन तोडी एक्लै चुनाब लड्ने निर्णय गरिएको जानकारी दिए ।

उनले स्थानीय तहको निवार्चन नेपालगन्जमा मेयर र उपमेयर सहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जानकारी दिंदै माओबादी केन्द्र नेपालगन्जका मेयर र उपमेयर पदका उम्मेद्वारका बारे छलफल गरिसकेको र अव २३ वटा वडाका अध्यक्ष पदका उम्मेद्वार घोषणा गर्ने तयारीमा रहेको अध्यक्ष शाहीले बताए ।

Nabintech