१२ बैशाख २०८१, बुधबार
कैलालीको सुकुम्बासी बस्तीमा भीषण आगलागी

  • टाइम्स संवाददाता

  • ११ बैशाख २०७९, आईतवार १९:१७

नेपालगञ्ज : कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो बिपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए ।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन् । ‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’ उनले भने ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन् । तर आगो भने नियन्त्रणमा आएको छैन । हालसम्म क्षति र आगलागीको कारण खुलेको छैन ।

Nabintech