१२ श्रावण २०८१, शनिबार
कोहलपुरमा एमालेद्वारा उम्मेद्वारी मनोनयन दर्ता

  • टाइम्स संवाददाता

  • १२ बैशाख २०७९, सोमबार १५:००

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । मनोनयनको दोस्रो दिन सोमबार पहिलो दलको रुपमा एमालेले कोहलपुरमा मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको हो ।

मेयरमा नगर अध्यक्ष समेत रहेका खिलप्रसाद भुषालले उम्मेदवारी दर्ता गराएका हुन् भने उपमेयर पदमा अस्मिता कुमारी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । अहिले वडा अध्यक्षहरुको लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

पहिलो दिन स्वतन्त्रसहित चार दलले उम्मेदवारी दर्ता गराएका थिए । उनका अनुसार पहिलो दिन राप्रपा, जनमत र नेपाल जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

आज नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी , नेमकिपा र राष्टिय जनमोर्चा लगायतका दलले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Nabintech