१२ बैशाख २०८१, बुधबार
एमाले कोहलपुरले गर्यो उम्म्मेदवारी दर्ता, जनसागर देखेर आत्तिालिए बिपक्षी दल

  • टाइम्स संवाददाता

  • १२ बैशाख २०७९, सोमबार २०:३५

कोहलपुर \  नेकपा एमालेले बाँकेको कोहलपुर नगरपालिककाका लागि सोमबार दिउँसो उम्मेदवारी दर्ता गरेको छ । पालिका प्रमुख पदका उम्मेदवार खिलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता चौधरीले उम्मेदवारी दर्ता गर्नु भएको हो । नेकपा एमालेबाट अध्यक्ष पदमा काहलपुर नगरपालिका वडा नं. १ मा रुद्र खनाल, वडा नं. २ कर्ण सिंह बि.सी. वडा नं.३ बाट क. माधव रिजाल, वडा नं.४ बाट क. सफि मोहम्मद गुजर, वडा नं.५ बाट क. दिपेन्द्र श्रेष्ठ, वडा नं. ६ बाट क. परदेशी थारु,वडा नं.७ बाट क. ठग्गा थारु,वडा नं. ९ बाट क. नन्दराम थारु, वडा नं.१० बाट क. हेम कुमार रावत, वडा नं.१२ बाट क. टेक बहादुर शाही, वडा नं.१३ बाट क. रुपसिहं डाँगी, वडा नं.१४ बाट क. ज्ञानेन्द्र थापा र वडा नं.१५ बाट क. मोहन थारुले उम्मेदवारी दिएका छन् ।
विभिन्न वडामा रहेको सम्पर्क कार्यालयबाट र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइएको थियो । त्यसक्रममा समर्थकहरुले नाराबाजी समेत गरेका थिए ।
कोहलपुरमा रहेका अन्य पार्टीहरुको जनलहर नेकपा एमाको एक चौथाईको हाराहारीमा रहेको थियो । नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादीले गठबन्ध गरेको छ भने कोहलपुर कांग्रेसमा उम्मेदवारमा चित्त नबुझेपछि पार्टीका अग्रज नेताहरुले निर्णय नसच्चाएको खण्डमा संयुक्त राजिनामा दिनेसम्मको बिज्ञप्ती निकालेका छन 

जसले गर्दा नेकपा एमालेको कोहलपुर नगरपाललिकालाई आफ्नो पक्षमा लिने देखिएको छ ।

https://fb.watch/cCrEy1KY66/

Nabintech