१४ बैशाख २०८१, शुक्रबार
जनताका समस्या बुझ्न नेकपा एमालेका उम्मेदवार टोल टोलमा पुग्दै

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०७९, बुधबार ११:५५

नेकपा एमाले कोहलपुरले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । कोहलपुर नगरपालिका प्रचारप्रसार समितिले राखेको सप्ताहव्यापी उम्मेद्बार परिचयात्मक कार्यक्रम मंगलबारबाट सुरु गरेको हो । यो परिचयात्मक कार्यक्रम १८ गते आइतबारसम्म रहने जनाईएकोे छ । निर्वाचनलाई लक्षित गरेर मंगलबारबाट सुरु गरेको कार्यक्रममा १ नम्बर वडा २ नम्बर र ३ नम्बर वडामा कार्यक्रम सम्पन्न गरेको प्रचारप्रसार बिभाग संयोजक उमेश गुरागाईले जानकारी गराएका छन् । बिहान ८ बजेदेखि १० बजेसम्म वडा नम्बर १ मा वडाका वडा अध्यक्ष र सदस्य र मेयर उपमेयर पदका उम्मेद्वारसङ्ग वडाबासीहरुको भेला गराई नगर अनि वडाका प्रतिबद्धता सहित परिचयात्मक कार्यक्रम गरिएको हो त्यस्तै १० बजेदेखि १२ बजेसम्म वडा नम्बर दुईका सदस्य पदका उम्मेद्वार र वडाबासीहरुसङ्ग परिचयात्मक गरिएको थियो ।

बिहानभरीको परिचयात्मक कार्यक्रमको समीक्षा सहित बेलुका ५ बजेदेखि ७ बजेसम्म वडा नम्बर ३ का वडा सदस्य र स्थानीय परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रममा केन्द्रीय सदस्य सुर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी , जिल्ला कमिटी सदस्य खेम शर्मा , बलराम भट्टराई लगायत युवा नेता बिद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । परिचयात्मक कार्यक्रम १४ गते बिहान ४ नम्बर वडाबाट सुरु हुने भएकाले सम्पुर्ण उम्मेद्वार र नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि बिहान ८ बजे बोलाइएको प्रचारप्रसार बिभाग प्रमुख गुरागाईले जानकारी गराएका छन् । आज बुधबार पनि कोहलपुर नगरपालिका वडा नं. ४ र ५ मा पनि कायर्यक्रम सम्पन्न् हुदै छ भने बुधबार साझ ६ नं. वडामा हुने छ । सो अवसरमा एमालेबाट मेयरका उम्मेदवार खिलप्रसाद भुसाल, उपमेयरका उम्मेदवार अस्मिता थारु तथा सम्बन्धित वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Nabintech