१४ बैशाख २०८१, शुक्रबार
ठग्गा थारुको विजयी नै वडा नं. ७ को विजयी हो : नेता ढकाल

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०७९, बिहीबार १५:५८

नेकपा एमाले कोहलपुर नगरपालिकाको चुनावी प्रचार अभियान अन्र्तगत आज कोहलपुर नगरपालिका वडा नं. ७ को लखनामा उम्मेदवारको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार खीलप्रसाद भुसालले कोहलपुरको समग्र बिकास सगै वडा न ७ मा स्वच्छ र सफा खानेपानी, धुले सडकलाई ग्राभेल गर्ने र ग्राभेल सडकलाई कालोपत्र गर्ने अनि वडामा कृषि कार्य गरेर आफ्नो जीवन चलाउने कृषकहरुको लागि बिउबिजन, मल सिचाईको व्यवस्था गर्ने र ७ नम्बर वडामा थारु समुदाय बढी भएको हुदा उनीहरुको संस्कृती अनि परम्परालाई जोड्दै उक्त वडालाई संस्कृती पर्यटनको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले लक्षित समुदाय र सिमान्तकृत वर्गको लागि निःशुल्क शिक्षा स्वास्थ र रोजगारको व्यवस्था समेत गर्ने बताए । यस्तै उपमेयरका उमेदवार अस्मिता थारुले आफ्नै भाषामा सम्बोधन गर्दै थारु भाषा र संस्कृतिको बिकास सगै बाटो घाटो , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्रको बिकासका लागि नेकपा एमालले जित्नुपर्ने र यसका लागि सम्पुर्ण वडा बासीहरुले नेकपा एमालेलाई आफ्नो मत दिन आग्रह समेत गरिन् ।
वडा न ७ का संयोजक रेशम खत्रीले आफुले वडा नं. ८ मा बिकास गरेझै यस वडालाई जिताएर पठाए त्यसै अनुरुपको बिकास गर्न सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा ७ न वडाका वडा अध्यक्षका उमेदवार ठग्गा प्रसाद थारुले नेकपा एमालेका सबै उमेदवारहलाई जिताउन अपिल समेत गरेका छन् । यस्तै वडा अध्यक्ष पदका उम्मेदवार ठग्गा थारुले वडामा भएका जनताका समस्यालाई पुरा गर्ने गर्ने प्रतिबद्धता समेत गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य ढकालले नेकपा एमालेका बिकास प्रेमी नेता भएकाले वडाको बिकास का लागि ठग्गा थारुको नेतृत्व सगै मेयर र उपमेयर पदका उमेदवारलाई जिताउनका लागि सम्पुर्ण वडा बासीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बसन्ती अधिकारी , आरती पौडेल, प्रेम भुषाल, पुजन बिश्वकर्मा, लगायतले उपस्थित रहेको थियो ।

Nabintech