८ बैशाख २०८१, शनिबार
सूचना तथा सञ्चार क्षेत्रमा के छन् एमाले कोहलपुरका प्रतिवद्धता ?

कोहलपुरमै पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठनको लागि पहल गरिने


  • कोहलपुर टाईम्स संवादाता

  • १७ बैशाख २०७९, शनिबार १३:१३

कोहलपुर/ नेकपा एमाले कोहलपुरले आफ्नो घोषणा पत्रमा सूचना तथा सञ्चार क्षेत्रलाई पनि विशेष महत्व दिँदै विभिन्न प्रतिवद्धताहरु जाहेर गरेको छ । कोहलपुर क्षेत्रको समग्र विकासका लागि सूचना र सञ्चारलाई पनि विशेष प्राथमिकता दिँदै महत्वका साथ अघि सारेको पाइएको छ । प्रतिवद्धता पत्रमा निःशुल्क इन्टरनेट, स्रोत साधनयुक्त आधुनिक सूचना केन्द्र स्थापना गर्ने देखि सञ्चारमैत्री नगर बनाउने सम्म उल्लेख गरिएको छ ।

त्यसका साथै कोहलपुर क्षेत्रमा नै पत्रकारिता तथा आमसञ्चार विषयको पठन पाठन शुरु गर्न पहल गरिनुका साथै नगरपालिकामा सूचना प्रविधिको विकास, प्रवद्र्धन र अधिकतम उपयोग गर्नका लागि आई.टी.पार्क निर्माण गरिने समेत उल्लेख गरिएको छ ।

सूचना तथा सञ्चारका क्षेत्रमा एमालेका प्रतिवद्धता :

१. सबै विद्यालय, प्रशासनिक भवन, सभा भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने छ ।

२. स्थानीय भाषामा प्रसारण हुने रेडियो तथा स्थानीय भाषामा प्रकाशन हुने पत्रपत्रिकालाई अनुदानको व्यवस्था गरिने छ ।
३. प्रत्येक स्थानीय संचारमाध्यमले निश्चित समय तथा स्पेश नगरको स्थानीय समाचारलाई दिन¬पर्ने व्यवस्था गरिने छ ।

४. नगरपालिकालाई मिडिया हबको रुपमा विकास गरी सञ्चारमैत्री बनाइनेछ ।

५. आध¬निक र साधनस्रोत सम्पन्न सूचना केन्द्र स्थापना गरिने छ ।

६. नगरपालिकामा सूचना प्रविधिको विकास, प्रवद्र्धन र अधिकतम उपयोग गर्न तथा सूचना प्रविधिको क्षेत्रका योग्य र दक्ष व्यक्तिहरुलाई रोजगारी प्रदान गर्न एउटा अत्याध¬निक आइ.टि.पार्क निर्माण गरिनेछ ।

७. बागेश्वरी बहुमुखी क्याम्पससँग समन्वय गरी पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन शुरु गर्न आवश्यक सहयोग गरिने छ ।

८. स्थानीय सञ्चार माध्यमका उत्कृष्ट सञ्चार उद्यमी एवं सञ्चारकर्मीलाई वार्षिक रूपमा उनीहरुको कामको सम्मान गर्दै कदर पत्र र नगद पुरस्कार उपलब्ध गराइने छ ।

Nabintech