८ बैशाख २०८१, शनिबार
मानव–वन्यजन्तु विच हुने द्वन्द्व न्युनिकरणमा जोड दिन्छु : मेयर पदका उम्मेद्वार भुषाल

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७९, सोमबार १०:०१

कोहलपुर/  नेकपा एमालेको तर्फबाट कोहलपुरमा मेयर पदका उम्मेद्वार खिलप्रसाद भुसालले मानव र वन्यजन्तु विच हुने द्वन्द्व न्युनिकरणमा जोड दिने बताएका छन् । कोहलपुर नगरपालिका वडा नं.१३ मा आयोजना गरिएको उम्मेद्वार परिचयात्मक कार्यक्रममा बोल्दै भुषालले आसन्न स्थानीय तहको निर्वाचनमा आफूले जितेको निकुञ्जसंग जोडिएका नगरका विभिन्न वडाहरुमा हुने मानव र वन्यजन्तु विच हुने द्वन्द्व न्युनिकरण आफ्नो पहिलो प्राथमिकता रहने बताए । त्यसका साथै वन्यजन्तुबाट हुने क्षतिको पुर्ण भरपाई गराइने समेत बताएको हुन् । ‘वडा नं.१३ पनि निकुञ्जसंग जोडिएको वडा हो ।

यहाँको समस्यालाई मैले नजिकैबाट नियालेको छु । यस वडामा हुने मानव र वन्यजन्तु विच हुने द्वन्द्व न्यिुनिकरणका लागि सरोकारवाला निकायहरुसंग आवश्यक पहल गर्ने छु ।’ मेयर पदका उम्मेदवार भुषालले वन्यजन्तुका कारण हुने क्षतिको पूरा भरपाई गराउने प्रतिबद्धतास्थानीयमाझ गरेका थिए ।

सोही अवसरमा बोल्दै उनले वडालाई बालमैत्री, अपांगमैत्री, महिलामैत्री वडा बनाउनुका साथै शिक्षामा बैज्ञानिक शिक्षा पद्धती र स्वच्छ खानेपानी घरघरमा पु¥याउने लगाएका प्रतिबद्धता समेत जनाए । कार्यक्रममा मेयरका उम्मेदवार भुषाल, उपमेयर उम्मेदवार अस्मिता थारु, वडाअध्यक्षका उम्मेदवार रुपसिंङ डाँगी लगायतले मत माग्दै घरदैलो समेत गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी, भारती खनाल, पुजन विश्वकर्मा जिल्ला कमिटी सदस्य खेम शर्मा, कुलबहादुर भट्टराई लगायत जिल्ला नगर र वडा तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Nabintech