११ बैशाख २०८१, मंगलवार
को हुन्, एमालेबाट कोहलपुरमा एकमात्र महिला वडा अध्यक्षकी उम्मेदवार कल्पना ?

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७९, सोमबार ११:५९

कोहलपुर/  सरल स्वभाव, मिलनसार, सहयोगी भावना अनि नेतृत्व गर्न सक्ने क्षेमता कल्पना शर्मा अधिकारीको परिचय हो । नेकपा एमाले कोहलपुर नगरकमिटी सदस्य समेत रहेकी अधिकारीलाई यिनैै गुण र क्षमताका आधारमा यही बैशाख ३० गते हुन गइरहेको स्थनीय तहको निर्वाचनमा पार्टीले वडा नं.११ को वडा अध्यक्षको उम्मेद्वार बनाएको छ । नेकपा एमालेको तर्फबाट उनी एक्लो महिला उम्मेद्वार समेत हुन् ।
नेतृ अधिकारी २०७४ सालको स्थानीय हतको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट महिला सदस्यमा निर्वाचित वडा सदस्य र नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् ।

बुवा नारायण प्रसाद उपाध्याय र आमा बालिका कुमारी पोख्रेलको कोखबाट २०३१ सालमा जन्मिएकी हुन् । उनले अध्ययनपछि २०५१ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनितिक यात्राको सुरुवात गरेकी थिइन् । राजनितिक यात्रा कै क्रममा २०५६ सालमा कोहलपुरका कपिन्द्र अधिकारीसङ्ग बैबाहिक जिवनमा बाधिएकी उनी २०५६ सालदेखी विद्यार्थी संगठनमा आबद्ध हुँदै २०५९ सालमा महिला सन्जालको अध्यक्ष भएर महिला दिदिबहिनीहरुलाई आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अगाडि ल्याउन विभिन्न कार्यक्रम सन्चालन गरेकी थिइन् । हरेक क्षेत्रमा अब्बल र सक्रिय अधिकारी विद्यार्थी संगठनमा आवद्ध हुँदै अनेमसंघ कोहलपुरको टोल कमिटी सदस्य, गाउँ कमिटी सदस्य,पार्टीको क्षेत्रीय कमिटी सदस्य हुँदै २०७८ सालमा नेकपा एमाले कोहलपुर नगरकमिटी सदस्य हुन् ।

कल्पना स्कुल पढ्दादेखि नै बुवाआमा, काका प्रेरणाले र बिहेपछि श्रीमान कपिन्द्र अधिकारी, ससुरा हरिभक्त अधिकारि र घरपरिवारका अन्य सदस्यको साथ सहयोग र हौसलाले राजनितिमा सक्रिय रुपमा लागेकी छन् । राजनितिमा महिला सहभागिता बढाउनका लागि महिला स्वयम्को नै अग्रसरता र पार्टीले महिलालाई दिने अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने एक उदाहरण हुन्, कल्पना ।

कक्षा ८ मा अध्ययन गर्दा देखी नै राजनिती क्षेत्रमा प्रवेश गरेकी कल्पना स्कुलमा पढाउने शिक्षक अनि घरमा बुवा र काकाले राजनिती बुझ्न जरुरी छ भन्दै राजनिती नै देशको मुल निति हो भनी सिकाएको अनुभव उनको छ । त्यसपछी त्यही शिक्षालाई आफुले प्रसाद ठानी राजनिति र समाजसेवामा पाइला टेक्न थालेको उनी बताउँछिन् । राजनिती क्षेत्रमा लागेको दुई दशक बढी भएपनि विगतको तुलनामा अहिले महिलालाई राजनिती गर्न केहि सजिलो भएको उनको अनुभव छ ।

पहिले पहिले महिलाहरु राजनितिमा अघि बढ्न नसक्नु घरपरिवारले सहयोग नगर्नु, महिला स्वयंमले चासो नदेखाउनु, पार्टीमा पुरुषवादी सोच कायम रहनु थियो तर पछिल्लो समय समयको माग, मानिसको सोच बदलिएको छ । त्यसैले अहिले मलाई सबैले बिस्वास गरेर मेरो कामको मूल्याकंन गरेर पार्टीले वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

 

Nabintech