१२ बैशाख २०८१, बुधबार
आफ्नै कार्यकर्ताद्वारा क्षेत्रिय सभापति केसीमाथि हातपात

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७९, सोमबार १६:०८

कोहलपुर/ नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीमाथि हातपात भएको छ । कोहलपुर नगरपालिका वडा नं.२ मा रहेको नेपाली काँग्रेसको चुनावी ¥याली तथा घरदैलोमा सहभागी केसीलाई बर्दहवा गाँउमा कार्यकर्ताले हातपात गरेको प्रहरीले जानकारी दिएको छ ।

टिकट बितरणका विषयमा असन्तुष्ट कार्यकर्ताको समुहले हातपात गरेको हुनसक्ने प्रहरीले जनाएको छ । टिकट वितरणमा वडा तहको सिफारिस भन्दा नेताहरुले मनोमानी गरेको भन्दै कार्यकर्ता तहमा व्यपाक असुन्तुष्टी रहेको छ । कोहलपुरमा स्थानिय तहको टिकट वितरणका विषयलाई लिएर काँग्रेसभित्र व्यपाक असन्तुष्टी छ ।

Nabintech