१२ श्रावण २०८१, शनिबार
एमाले कोहलपुरले सुरु गर्यो दोस्रो चरणको कार्यक्रम

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७९, मंगलवार ०९:०२

कोहलपुर/ नेकपा एमाले कोहलपुरले चुनावी प्रचार प्रसार कार्यक्रमअन्तर्गत आज मंगलबारदेखि दोस्रो चरणको बुथ केन्द्रित घरदैलो अभियान संचालन गरेको छ । यही बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दोस्रो चरणको बुथ केन्द्रित घरदैलो अभियान संचालन गरेको हो । यसअघि पहिलो चरण अन्तर्गत नगरका सबै वडाहरुमा उम्मेद्वार परिचयात्मक कार्यक्रम संचालन गरेको एमाले कोहलपुरले बैशाख २० गते मंगलबार आजदेखि बुथ केन्द्रित मेयर, उपमेयरसहितको घरदैलो कार्यक्रम संचालन गरेको नेकपा एमाले कोहलपुरले जनाएको छ । दोस्रो चरणका कार्यक्रमहरु नगरका सबै वडाहरुमा संचालन गरि बैशाख २७ गते बृहत ¥यालीसहित कोण सभा गरेर समापन गरिने नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूय ढकालले जानकारी दिए । जसअन्र्तग पहिलो दिन आज वडा नं.१ बाट अभियान संचालन गरिएको छ । वडा नं.१ मा कार्यक्रम अहिले जारी रहेको छ ।

बुथ केन्द्रित मेयर, उपमेयरसहितको घरदैलो कार्यक्रमको समय तालिका :-
वडा नं.१ मा बैशाख २० गते बिहान ६–११ बजेसम्म ।
वडा नं.२ मा बैशाख २० गते मध्यान्ह् १२–९ बजे रातीसम्म ।
वडा नं.४ मा बैशाख २१ गते बिहान ६–११ बजेसम्म
वडा नं.३ मा बैशाख २१ गते मध्यान्ह् १२–९ बजे रातीसम्म ।
वडा नं.५ मा बैशाख २२ गते बिहान ६–११ बजेसम्म
 वडा नं.६ मा बैशाख २२ गते मध्यान्ह् १२–५ बजे साँझ सम्म ।
वडा नं.७ मा बैशाख २३ गते बिहान ६–१२ बजेसम्म ।
वडा नं.८ मा बैशाख २३ गते दिउँसो १–८ बजे रातीसम्म ।
वडा नं.९ मा बैशाख २४ गते बिहान ६–११ बजे सम्म ।
वडा नं.१० मा बैशाख २४ गते मध्यान्ह् १२–९ बजे रातीसम्म ।
वडा नं.११ मा बैशाख २५ गते बिहान ६–८ बजे रातीसम्म ।
वडा नं.१२ मा बैशाख २६ गते बिहान ६–१२ बजेसम्म ।
वडा नं.१३ मा बैशाख २६ गते दिउँसो १–९ बजे रातीसम्म ।
वडा नं.१४ मा बैशाख २७ गते बिहान ६–११ बजेसम्म ।
वडा नं.१५ मा बैशाख २७ गते अपरान्ह् १२–९ बजे रातीसम्म ।

यस्तै युवा र महिलाहरुलाई प्रचार प्रसारमा परिचालन गर्न सबै वडाहरुमा बैशाख २० गते भेला गर्ने गरिने भएको छ । महिलाहरुको भेला बिहान ११ बजे र युवाहरुको भेला ४ बजे सम्वन्धित वडामा गर्ने गरिने छ । कार्यक्रमलाई व्यवस्थित गर्न नेकपा एमाले केन्द्रिय अनुसासन आयोगका सदस्य देबराज भारको नेतृत्वमा उच्चस्तरिय टिम समेत गठन गरेको छ । जसको सदस्यहरुमा प्रदेश कमिटी उपसचिव दुर्गा प्रसाद थारु, आरती पौडेल, लुट बहादुर रावत, गोपाल गिरी रहेका छन् ।

त्यसैगरि, युवाहरुको टिम गठन गरि प्रत्येक वडाहरुमा परिचालन गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी, नेकपा एमालेका अन्य जनवर्गीय संगठनहरुलाई पनि चलायमान गराउन प्रत्येक वडाको जिम्मा दिएर सबै जनवर्गीय संगठनहरुलाई वडामा परिचालन गरिने र त्यस पश्चात बुथ केन्द्रित योजनाहरु रहेको कोहलपुर निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

Nabintech