१४ बैशाख २०८१, शुक्रबार
एमालेको नगर सरकारले ५ वर्षे कार्यकालमा के के काम गर्यो त कोहलपुरमा ?

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७९, मंगलवार १०:२६

कोहलपुर/  पछिल्लो ५ वर्षको अवधिमा बाँकेको कोहलपुरले विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल छ । नेकपा एमालेको नेतृत्वमा रहेको नगर सरकारको पाँच वर्षे कार्यकालमा कोहलपुरले सम्रग विकासमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको हो । नगर क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, सामाजिक सुरक्षा, आधुनिक पशुपालन तथा कृषि, सिचाई, आय आर्जन तथा रोजगार, यूवा तथा खेलकुद, विद्युत, उद्योग, यातायात, विपद व्यवस्थापन लगायत क्षेत्रमा विकासले गति लिएको छ ।

पाँच वर्षमा गरिएका महत्वपूर्ण कार्यहरु :-

१. कोहलपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी १५ शैयाको सुविधा सम्पन्न, कोहलपुर नगर अस्पताल निर्माण कार्य शुरु गरिएको एवं २५ शैयाको बाल अस्पताल निर्माण कार्यको शुरुवात भएको छ ।

२. कोहलपुर नगरपालिकामा लामो दुरीको अत्याधुनिक बसपार्क निर्माण कार्य शुरु गरिएको छ ।

३. साना किसान सुदृढीकरण परियोजना अन्तरगत दुई हजार घरपरिवारलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गरिएको छ ।

४. कोभिड १९ रोगको रोकथाम, उपचार, व्यवस्थापन, खोप, राहत, उद्धार लगायतका कामहरु सफलतापूर्वक सम्पन्न गरिएको छ ।

५. पूर्ण खोपयुक्त, पूर्ण साक्षर नगर, बालविवाहमुक्त र सहयोगापेक्षी सडक–मानवमुक्त नगरपालिका घोषणा भएको छ ।

६. ९० कि.मि.सडक कालोपत्रे, नगरका १५ वटै वडामा रहेका ३५० कि.मि.सडकको स्तरोन्नति, ३० कि.मि. नयाँ सडक निर्माण तथा ३० किमि नाली निर्माण, १६ वटा विद्यालय भवन निर्माण, कोहलपुर–२ तेह्र विगाहमा कभर्डहल निर्माण सुरुवात भएको, १०० कि.मि. नयाँ बाटो निर्माण, रिङ्गरोड निर्माण, भ्युटावर निर्माण, आधुनिक बधशाला निर्माण कार्यको शुरुवात, अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण, डुडुवा र रोहिणी खोलामा करिब ४ कि.मि.तटबन्धन निर्माण, मसानघाट निर्माण भएको छ ।

७. १६,५०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलन र वडा नं.१ को नापजाँचको कार्य सम्पन्न गरी २ नं. वडाको नापी कार्य भइरहेको छ । करिब ७,५०० परिवारको अनलाईन इन्ट्री समेत भइसकेको छ ।

८. विपन्न नागरिक, असहाय तथा ‘ग’ वर्गका अपाङ्गहरुलाई निर्वाह भत्ता उपलब्ध गराईएको छ ।

९. कोहलपुर चौराहकोे सौन्दर्यकरण, शहरका मुख्य–मुख्य स्थानमा सडक बत्ती तथा हाइमास्ट लाइट जडान, सिसिटिभी जडान, प्रहरी बिटहरुको निर्माण तथा स्तरोन्नति, ईलाका प्रहरी कार्यालयमा महिला बन्दीगृह निर्माण गरिएको छ ।

१०. सबै वडाका वडा कार्यालय भवन, पालिकाको प्रशासकीय भवन, नगर सभाहल, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु निर्माण भई सेवा प्रवाह भएकोछ ।

११. शिक्षक दरबन्दी मिलान, आधारभूत तह पूर्ण निःशुल्क, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नति, सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोग, सामुदायिक एवम् संस्थागत विद्यालयको वर्गीकरण, नियमन र शिक्षक कर्मचारीहरुको पेशागत क्षमता अभिबृद्धि मार्फत् शैक्षिक गुणस्तर सुधार गरिएको, त्रिभुवन मा.वि.लाई नमूना माध्यमिक विद्यालयको रूपमा विकास गरिएको, साथै एक विद्यालय एक प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत लक्ष्मी मा.वि. बर्दहवामा कृषि तथा ज्ञानज्योति मा.वि. चप्परगौडीमा ३ वर्षे इन्जिनियरिङ विषयमा अध्ययन कार्यक्रम सञ्चालन गरिएको छ ।

१२. भूमिहीन तथा आवासविहीन गन्र्धव, वादी तथा विपन्न दलितका २० परिवारहरुको लागि एकीकृत सामुहिक आवासको निर्माण तथा हस्तान्तरण । प्रदेश सरकार मार्फत ७२ परिवार सीमान्तकृत चिडीमार, १०४ परिवार विपन्न दलित र विपन्न अन्य ३४ परिवारलाई जनता आवास कार्यक्रम मार्फत सुरक्षित आवास निर्माण गरिएकोछ ।

१३. नगरपालिकाद्धारा सबै वडामा खर र फुसका छाना मुक्त अभियान संचालन गरिएको छ ।

१४. नगर क्षेत्रका २ जना विपन्न विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिमा एम.बी.बी.एस. अध्ययनमा सहयोग गरिएको छ ।

१५. पशु बिमामा किसानले बिमा कम्पनीलाई भुक्तानी गरेको प्रिमियममा ५० प्रतिशत अनुदान, २५०० परिवारलाई समेटेर साना किसान उद्यमी सुदृढीकरण तथा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालन गरिएको छ ।

१६. कोहलपुर वडा नं. ११ मा थारू सङ्ग्राहलयको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको र कोहलपुर वडा नं. २ आनन्दनगरमा दलित सङ्ग्रहालय निर्माण कार्य ५० प्रतिशतले सम्पन्न भएको साथै कोहलपुर वडा नं. १३ मा रहेको नमुना होम स्टेको संरक्षण र स्तरोन्नति एवम् धार्मिक तथा पर्यटकीय स्थलहरुको सूचनामूलक डकुमेन्ट्री निर्माण तथा प्रचारप्रसार गरिएको छ ।

१७. महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक रु.२ हजार र्प्रोत्सहान भत्ता, जनयुद्धमा घाइते तथा विपन्न अपाङ्ग परिवार र सञ्चारकर्मीहरुलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको छ ।

१८. विराट, रझेना र शम्शेरगञ्ज खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भई खानेपानी वितरणको चरणमा रहेको र थप ३ वटा खानेपानी आयोजनाको शुरूवात भएको छ ।

१९. कोहलपुर ११ मा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण तथा सञ्चालन गरिएको छ ।

२०. ३,५०० किसानलाई प्रति गाई भैंसी÷ प्रति बेत रू.२०००।– (दुई हजार) का दरले पशु सुत्केरी भत्ता वितरण गरिएको छ ।

२१. वडा नं. २ मा बाख्रापालन र वडा नं. ३ मा तरकारी खेती गर्ने उद्यमीहरूलाई प्रति फार्म रू.५ लाखका दरले अनुदान सहयोगका साथै हवल्दारपुरमा कृषि हाटबजार स्थल र दशविगाहमा रहेको कृषि थोक बजारस्थलको पूर्वाधार स्तरोन्नति गरिएको छ ।

२२. यस अवधिमा कोहलपुर नगरपालिकाले नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार संचालन ऐन,२०७४ ले दिएको अधिकार क्षेत्र भित्र रही १२८ वटा ऐन, कानून, निर्देशिका तथा कार्यविधिहरु निर्माण गरी कोहलपुर नगरपालिकालाई नीतिगत रुपमा सञ्चालन गरिएको छ ।

२३. यस अवधिमा कोहलपुर नगरपालिकाले नगरक्षेत्रमा करिव १०,००० विरुवा वितरण तथा रोपण गरी वातावरण संरक्षण हरित नगरको रुपमा नगरलाई विकास गरिएको छ ।

२४. नगरपालिकाको समन्वयमा प्रदेश सरकारको अनुदानमा वार्ड नं.८ पिपरीमा वाख्रापालन स्रोतकेन्द्र स्थापना र वार्ड नं. १३ मा वाख्रा मिसन कार्यक्रम संचालन गरिएको छ ।

२५. नगरपालिकाको पहलमा गोरखापत्र संस्थानको स्थापना गरिएको छ ।

२६. राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता, मेयरकप प्रतियोगिता, उपमेयरकप महिला क्रिकेट प्रतियोगिता तथा क्रिसा खेलकूद प्रतियोगिता नियमित रूपमा संचालन गरी विद्यालय स्तरीय खेलकूदको विकास गरिएकोछ ।

२७. वागेश्वरी बहुमुखी क्याम्पसमा शौचालय, लाईब्रेरी स्थापना लगायत पूर्वाधार मर्मत सम्भारमा सहयोग गरिएको छ ।

२८. कोहलपुर नगरपालिकाका सबै वडामा रहेका गाउँ ब्लक जग्गाको नापनक्शाको कार्य शुरुवात भएको र वडा नं.३ को गाउँब्लक जग्गाको नापनक्शा भई १०८ परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

 

Nabintech