७ बैशाख २०८१, शुक्रबार
भुमिहिन र अब्यवस्तित बसोवास भएकालाई लालपुर्जा वितरण प्राथमिकता – भुषाल

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७९, मंगलवार १२:२२

कोहलपुर ÷ नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरकम उमेदवार खिल प्रसाद भुषालले भुमिहिन र अब्यवस्तित बसोवास भएकालाई लालपुर्जा वितरणलाई प्राथमिकता दिने बताएका छन । नेकपा एमाले कोहलपुरले वडा नम्बर १ मा भएको घरदैलो कार्यकममा भुषालले कोहलपुर नगरभित्र धेरै भुमिहिन तथा अव्यवस्थित बसोबास मुख्य समस्या भएको र यसलाई जतिसक्दो छिटो समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे।
मेयर पदका उमेदवार भुषालले भने– ू कौशिलानगरमा अव्यवस्थित बसोबास र दलितका मुद्दाहरुमा म सजग छु । उमेदवार भुषालले शिक्षा,स्वास्थ्य ,खानेपानि लगायत सामाजिक मुद्दाहरुका बिषयमा एमाले सजग रहेको बताए। नेकपा एमाले कोहलपुरले वडा वडामा पुगेर मतदातासंग भेटघाट तथा आफ्नो पार्टीले जितेपछि कोहलपुरमा गर्ने कामहरुको प्रतिबद्दतासहित मतदाताहरुको घरदैलोमा अभियानमा छन।
नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले भेटघाटको क्रममा मतदाताहरु एमालेप्रति जनताको उत्साहित भएको बताएका छन ।

Nabintech