७ बैशाख २०८१, शुक्रबार
इदउलफित्र ईदले भाइचाराको सम्बन्ध कायम गर्ने मेयर पदका उम्मेद्वार भुषालको विश्वास

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७९, मंगलवार १४:३१

कोहलपुर /   नेकपा एमालेको तर्फबाट कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेद्वार खिलप्रसाद भुषालले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इदउलफित्र ईदले मुलुकमा भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरेका छन् । इदउलफित्र पर्वका अवसरमा उनले एक शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वहरुले सबैमा भाइचाराको सम्वन्ध कायम गर्दै मुलुकमा सुख, शान्ति एवम् समृद्धि कायम गर्ने विश्वास व्यक्त गरेका हुन् । भुषालले कोहलपुर नगरवासी तथा समग्र नेपाली मुसलमान समुदायको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेका छन् ।

यसैगरी कोहलपुर नगरपालिकामा मेयरका प्रत्यासी भुषाल, उपमेयर अस्मिता थारु तथा विभिन्न वडामा एमालेका उम्मेदवार रहेका उम्मेदवारहरुले मुस्लिम समुदायका धर्म गुरु अगुवासँग ईदगाहमा भेट गरी ईदको शुभकामना आदान प्रदान गर्दै आफ्ना पक्षमा मतदान गर्न अपिल गरेका छन् । उम्मेदवारहरुले मस्लिम समुदायको शिक्षा, स्वास्थ्य र अन्य समस्याहरुको समाधानको लागि आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Nabintech