१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरको शैक्षिक क्षेत्रको विकासमा के छ एमाले प्रतिवद्धता ?

कुल बजेटको २० प्रतिशत लगानी गरिने


  • टाइम्स संवाददाता

  • २० बैशाख २०७९, मंगलवार १५:२५

कोहलपुर/  नेकपा एमालेले कोहलपुर क्षेत्रको समग्र विकास र समृद्धिको खाकासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यही बैशाख २० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा कोहलपुर नगरपालिका क्षेत्रको समग्र विकासको खाका प्रस्तुत गरिएको छ ।

प्रतिवद्धता पत्रमा नगर क्षेत्रको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, विद्युत, खानेपानी लगायतका क्षेत्रहरु समेटिएको छ । तिमध्ये शिक्षा क्षेत्रलाई पनि प्रतिवद्धता पत्रमा विशेष रुपमा समेटिएको छ । एमालेको तर्फबाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषाल र उपमेयर अस्मिता कुमारी थारुले सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा निशुल्क शिक्षाको मौलिक अधिकारलाई सुनिश्चित गर्न कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा लगानी गरिने उल्लेख छ ।

यस्तै माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क गरिनुका साथै गुणस्तरिय र प्रविधिमैत्री शिक्षामा जोड दिइने बताइएको छ । त्यसैगरी, प्रत्येक सामुदायिक विद्यायलमा खेलकुद प्रशिक्षक र स्टार्फ नर्सको व्यवस्था गरिने समेत उल्लेख गरिएको छ । उक्त प्रतिवद्धता पत्रमा एमफिल तथा पिचडी तहमा अध्ययनरत नगरवासीहरुलाई प्रतिव्यक्ति क्रमशः१ लाख र २ लाख रकम उपलब्ध गराइने बताइएको छ ।

शैक्षिक क्षेत्रमा एमाले कोहलपुरका प्रतिवद्धता :-

 निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न कूल बजेटको न्यूनतम २० प्रतिशत शिक्षामा लगानी गर्ने व्यवस्था गरिने छ ।

 माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गरिने छ ।

 सहकारीको महत्वबारे चेतना अभिवृद्धि गरी यसको प्रभावकारी रुपमा संचालनका लागि आवश्यक ज्ञान प्रदान गर्न विद्यालय तहमा सहकारी शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गरी लागू गर्ने प्रबन्ध गरिने छ ।

 सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग गुणस्तर सुधारका लागि करार सम्झौता गरी लागू गरिने छ ।

 सामुदायिक विद्यालयका शिक्षकहरुलाई निरन्तर तालिम र क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाइने छ ।

 आधारभूत तथा माध्यमिक तहमा पर्याप्त विषयगत दरबन्दीको व्यवस्था गरिने छ ।

 सबै साम¬दायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिलाई अनिवार्य गर्ने, इ–लाइब्रेरी स्थापना गर्ने, सम्पूर्ण विद्यार्थीहरूलाई पाठ्यपुस्तकका साथै क्रमशः ल्यापटप समेत अध्ययन सामग्रीका रुपमा उपलब्ध गराइनेछ ।

 साम¬दायिक विद्यालयका प्रत्येक कक्षालाई क्रमशः स्मार्ट कक्षाको रुपमा विकास गरिने छ ।

 प्रारम्भिक बालशिक्षादेखि कक्षा ३ सम्म मातृ भाषामा अध्ययन अध्यापन गराउन आवश्यक प्रबन्ध गरिने छ ।

 नगरपालिका क्षेत्रभित्रका प्रारम्भिक बालविकास केन्द्र, पूर्वप्राथमिक, आधारभूत, माध्यमिक शिक्षासम्मको शिक्षण संस्था, स्रोतकेन्द्र, अनौपचारिक शिक्षा, साम¬दायिक अध्ययन केन्द्रहरु नगरपालिकाको स¬परिवेक्षण, समन्वय, नियमन र निर्देशनमा रही संचालन गरिने छ ।

 बालविकासका कक्षाहरु सबलीकरण गरी मन्टेश्वरी विधिबाट सिकाइ सहजीकरण गरिने छ ।

 सामुदायिक विद्यालयका लागि कम्पाउण्ड सहितको सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, छात्राहरुको लागि स्यानिटरी प्याड सहितको छात्रामैत्री शौचालय, खेलकुदको व्यवस्था, खाजा खाने क्यान्टिन, सरसफाई आदिको प्रबन्ध विद्यार्थी संख्याको अनुपातमा गरिने छ ।

 दर्ता भएका मदरसा र सक्रिय बालविकास केन्द्रहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिनेछ । मदरसा स्क¬लको लागि छात्रबृत्तिको ब्यवस्था तथा शिक्षक अनुदान उपलब्ध गराइने छ ।

 एक साम¬दायिक विद्यालय एक प्राविधिक शिक्षाको नीतिलाई निरन्तरता दिइनेछ ।

 निरक्षरता उन्मूलन गर्न र शिक्षामा सबैको पह¬ँच विस्तार गर्न अनौपचारिक शिक्षा, ख¬ल्ला तथा दूर शिक्षा लगायतका सबै वैकल्पिक शिक्षा कार्यक्रमहरु संचालन गर्न यथासम्भव पहल गरिने छ ।

 प्रत्येक साम¬दायिक विद्यालयमा एकजना खेलक¬द शिक्षक र एकजना नर्शको व्यवस्था गरिने छ ।

 दलित तथा लोपोन्म¬ख सम¬दायका बालबालिकालाई उच्च शिक्षासम्म नै निशुःल्क अध्ययनको व्यवस्था मिलाइने छ । बह¬प्राविधिक शिक्षालयको स्थापना गरी स्थानीय य¬वाहरुलाई रोजगारमूलक तालिम प्रदान गरिने छ ।

 निजि तथा संस्थागत विद्यालयहरुमा स्थानीय दलित, जनजाति तथा लोपोन्म¬ख सम¬दाय र मधेशी तथा म¬श्लिम र विपन्न सम¬दायका जेहेन्दार बालबालिकाहरुको लागि निश्चित संख्यामा छात्रवृत्तिको कोटा निर्धारण गनर्¬पर्ने व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गरिने छ ।

 नगरपालिका क्षेत्रभित्र संचालित निजी प्राविधिक शिक्षालय र क्याम्पसहरुमा स्थानीय य¬वा विद्यार्थीहरुको लागि निश्चित छात्रवृत्ति कोटा निर्धारण गनर्¬पर्ने व्यवस्था गरी कार्यान्वयन गरिने छ ।

 कोहलपुर प्रविधि अध्ययन संस्थान ९प्क्ष्त्० को स्थापना गरी संचालनमा ल्याइने छ ।

 विज्ञान र प्रविधिको विकासका लागि विद्यार्थी तथा य¬वाहरुलाई प्रोत्साहित गर्न कोषको स्थापना गरिने छ ।

 हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने साम¬दायिक विद्यालयहरुलाई र उत्कृष्ट शिक्षकलाई प¬रष्कृत गरिने छ ।

 वडा नं. ६ मा एउटा सामुदायिक विद्यालय स्थापना गरी संचालनमा ल्याइने छ ।

 लक्ष्मी मा.वि. को मेगा प्रोजेक्टको कार्य सम्पन्न गरी नमुना विद्यालयमा रुपान्तरण गरिने छ ।

 चौधरिया गाउँको आधारभुत विद्यालयलाई मा.वि. मा स्तरोन्नति गरिने छ ।

 मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पससँग समन्वय गरी नगरपालिकालाई आवश्यक जनशक्ति उत्पादन गर्न क्याम्पसको पुर्वाधार विकासमा सहयोग गरिनेछ । यस क्याम्पसमा अध्ययन गर्ने नगरका स्थानीयवासी विद्यार्थीहरुलाई निश्चित मापदण्ड बनाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । क्याम्पसमा अध्ययनरत विभिन्न तहका शोधकार्यमा संलग्न विद्यार्थीहरु एवं अनुसन्धानमा संलग्न प्राध्यापकहरुलाई नगरभित्र अनुसन्धान कार्य संचालन गरेमा क्याम्पससँग समन्वय गरी अनुदान उपलब्ध गराइने छ ।

 एमफिल तथा पिचडी तहमा अध्ययनरत नगरवासीहरुलाई प्रतिव्यक्ति क्रमशः रु. १ लाख र २ लाख उपलब्ध गराइने छ ।

 संस्थागत विद्यालयहरुको नियमन गरी शिक्षकहरुलाई उपयुक्त तालिमको व्यवस्था गरिने छ ।

 नगर क्षेत्रभित्र रहेका निजी तथा संस्थागत विद्यालयहरुको सम्पत्ति तथा भौतिक संरचनाको सुरक्षाको ग्यारेण्टी गरिने छ ।

 निजी विद्यालयसंग समन्वयगरी प्राविधिक शिक्षा संचालनका लागि उत्प्रेरित गरिने छ ।

 निजी तथा संथागत विद्यालयहरुले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मूल्याकन गर्दै हाल लिइँदै आएको व्यवसायिक करमा छुट दिने व्यवस्था गरिने छ ।

 

Nabintech