७ बैशाख २०८१, शुक्रबार
पराजित मानसिकताको उपजः एमाले विरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाइँदै

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७९, बुधबार १५:०८

कोहलपुर/  केहि दलका नेता तथा कार्यकर्ताहरुले एमालेका विरुद्ध विभिन्न भ्रमहरु फैलाउने गरेको छन् । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफ्नो हार हुने निश्चित जस्तै देखेपछि जनतामाझ लोकप्रिय रहेको पार्टी एमालेका उम्मेद्वार विरुद्ध विभिन्न भ्रम फैलाउने गरेका हुन् । नेकपा एमालेको तर्फबाट कोहलपुरको मेयर पदका उम्मेद्वार खिलप्रसाद भुसालका विरुद्ध सामाजिक संजाल लगातका विभिन्न माध्यमबाट आरोप तथा भ्रम फैलाउँने गरेको पाइएको हो । सामाजिक संजालमा फैलाइएका झुठा र तथ्यहिन आरोपले एमालेलाई कुनै पनि असर नपर्ने एमाले कोहलपुरले जनाएको छ ।

मेयर पदका उम्मेद्वार भुसालका अनुसार उनीहरुले एमालेलाई हराउन नसक्ने र आफुहरु कमजोर भएको महशुस गरेर विभिन्न आरोप लगाई जनताहरुलाई भ्रमित पार्न खोजिएको छ । जसले गर्दा उनीहरुको थोरै भएपनि भएको लोकप्रियता घट्दै जाने र एमालेको लोकप्रियता झनै बढ्दै जाने उनको भनाई थियो । उनले भने– ‘जनता अहिले सजग भैसकेका छन्, हिंस्रक गतिविधि गर्ने र अहिले पनि जनता भ्रम फैलाउनेहरुलाई जनताले भोट नदिने अवस्था बनेको हुँदा केहि समुह छटपटिएर एमालेका उम्मेदवारका विरुद्धमा लागेका छन् ।’ यस्ता अर्नगल प्रचारले जनतामाझ एमालेलाई कुनै असर नपर्ने समेत उनको भनाई थियो ।

यस्तै माओबादीका नेता तथा कार्यकर्ताहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरका कुराहरुमा समेत जस लिनका लागि जनतालाई भ्रमित पार्ने काम गर्ने गरेका छन् । केहि समय पहिले पनि उनीहरुले नागरिकहरुलाई भ्रममा पार्न खोजेको देखिएको छ । कोहलपुरमा माओबादीको पहलमा मालपोत र नापी ल्याउन लागेको भनेर गलत प्रचारवाजी गरेका थिए । यो पनि सरासर गलत हो । कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापन गर्नका लागि नगरप्रमुख लुट बहादुर रावत र कोहलपुर नगर कार्यपालिकाको बैठकबाट निर्णय भई संघिय कार्यालयमा पत्र पठाए पछि मात्र मन्त्री परिषदले निर्णय गरेको हो । नगरप्रमुख रावतले भने–‘यो पछिल्लो समय जसरी जनता माझ भ्रम सिर्जना गर्न खोजिएको छ यो सरासर गलत हो । नगरपालिका र नगरविकासले गर्ने काम कसरी माओबादी पार्टीले गर्न सक्छ’ ।

Nabintech