११ बैशाख २०८१, मंगलवार
सुखमा पनि एमाले, दुःखमा पनि एमाले : सुर्यमा नै भोट हाल्छौ

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७९, बुधबार १६:०३

कोहलपुर/  नेकपा एमालेको तर्फबाट कोहलपुरमा मेयर पदका उम्मेद्वार खिल प्रसाद भुसालले सांस्कृतक रुपमा विविधता रहेको कोहलपुर नगरपालिका वडा नं.४ को विकासमा कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले वडा नं.४ मा बस्ने मुस्लिम, थारु र पहाडी समुदायहरुको धार्मिक सहिष्णुता कायम राख्दै विकास निर्माणदेखि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताएका हुन् ।

घरदैलो कार्यक्रमको लागि सो वडामा पुगेका मेयर, उपमेयर र वडा अध्यक्ष लगायतको टिमले स्थानीयहरुको समस्या नै नेकपा एमालेको मुख्य एजेण्डा रहेको बताएका हुन् । घरदैलो कार्यक्रममा रहेको नकपा एमालेको टिमले वडा नं. १,२ र ४ को घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । यस क्रममा धेरै स्थानीयहरुले एमाले नै जनताका समस्या बुझेको र समाधान पनि एमाले नै गर्ने भन्दै मतदानको समय कुनै कञ्जुसाई नगरि एमालेलाई विजयी बनाउने प्रतिबद्धता जनाएका छन् ।

यस्तै त्यहाँका स्थानीयहरुले पनि एमाले नै नागरिकका हरेक सुख, दुःखको सारथी भएकाले सुर्य चिन्हमा नै मतदान गर्ने प्रतिवद्धता जनाए । स्थानीय रामस्वरुप थारुले आफ्नो गाउँमा बाटो र विधुतका पोलहरु राख्ने काम एमालेको प्रयासबाट नै भएकोले यसपालिको निर्वाचनमा पनि एमालेकै उम्मेद्वारलाई मतदान गर्ने बताए । एमालेकै सरकारकै पालामा विकसित र समृद्ध वडा हुने समेत उनले विश्वास व्यक्त गरे ।

जनताका समस्याहरु सुन्दै मेयर पदका उम्मेदवार भुसालले समग्र कोहलपुरलाई आफुले नजिकबाट नियालेको बताउँदै हरेक वडाहरुमा रहेका समस्याहरुलाई योजनवद्ध रुपमा समाधान गर्दै समुसचित र न्यायिक रुपमा विकास गरिने प्रतिवद्धता जनाए । साथै उनले आफ्नो सम्पुर्ण टिमलाई विजयी बनाउन पनि जनतासामु आग्रह गरेका थिए । स्थानीय बृद्धबृद्धाहरुले मेयर उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरुलाई जितको शुभकामना सहित आर्शिवाद पनि दिएका थिए ।

Nabintech