७ बैशाख २०८१, शुक्रबार
कोहलपुर क्षेत्रमा क्रियाशिल पत्रकार सापकोटाको निधन

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७९, बुधबार १६:५५

कोहलपुर/ पत्रकार लक्ष्मण सापकोटाको उपचारका क्रममा निधन भएको छ । कोहलपुर क्षेत्रमा विगत लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सापकोटाको नेपालगंज मेडिकल कलेजमा बुधबार दिउँसो उपचारकै क्रममा निधन भएको हो ।

केहि साता अघि मेडिकल भर्ना भएका सापकोटा कलेजोमा संक्रमण देखिएको थिया । पत्रकार सापकोट कोहलपुर क्षेत्रबाट प्रकाशित हुने विभिन्न पत्रिका कोहलपुर टाइम्स, युगयान दैनिक, पश्चिम खबर लगायतमा सम्पादको भुमिकामा रहेर काम गरेका थिए । उनको आजै धार्मिक परम्परा अनुसार अगैयामा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । पत्रकार सापकोटाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Nabintech