७ बैशाख २०८१, शुक्रबार
कोहलपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्छु– मेयर पद्का उम्मेद्वार भुषाल

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७९, बुधबार १८:५५

कोहलपुरलाई/   नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले कोहलपुरलाई स्मार्ट सिटीका रुपमा विकास गरिने बताएका छन् । घरदैलो अभियानका क्रममा उलने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु निर्वाचित भएमा कोहलपुरलाई स्मार्ट सिटीका रुपमा विकास गरिने बताएका हुन् ।

कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु जानका लागि प्रवेशद्वार रहेकोले सबै नागरिकहरुले हेर्न लायक विकास गर्ने योजना रहेको उनको भनाई थियो । यस्तै उपमेयर पदकी उम्मेद्वार अस्मिता कुमारी थारुले कोहलपुरको विकास र समृद्धिको लागि सबैका सल्लाह तथा सुझावहरुलाई समेटेर अघि बढ्ने बताइन् ।

बैशाख ३० गते हुने निर्वाचन नजिकिएसंगै एमाले कोहलपुरले प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मेयर पदका र उपमेयर, वडा अध्यक्ष, सदस्य पद्का उम्मेद्वार लगायत अन्य नेता कार्यकर्ताहरु नागरिकका घरदैलोमा पुगरे आफु र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् । घरदैलोमा पुग्दा एमालेप्रति जनलहर नै देखिने गरेको उम्मेद्वारहरुमा झनै उत्साह थपिएको छ ।

एमालेप्रति स्थानीयको उत्साहजन सहभागिता देखिएपछि जित सुनिश्चित रहेको एमालेका एक नेताले प्रतिक्रिया दिए । सयौको संख्यामा स्थानीयहरु स्वतस्फुर्त रुपमा चुनावी अभियानमा होमिन थालेका छन् । बुधबार ३ र ४ नम्बर वडामा उम्मेदवारको प्रचारप्रसार अभियानमा युवा, विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको विद्यार्थी नेता सुमन घिमिरेले जानकारी दिए । उनले युवा र विद्यार्थीलाई टोल टोलमा मतदाता शिक्षा सम्बन्धी जनचेतनाको लागि खटाएको बताए ।

घरदैलोको क्रममा कोहलपुर नगरपालिका मेयर पदका उम्मेद्वार भुषाल, उपमेयर पदकी उम्मेद्वार थारु लगायत वडाका अध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले स्थानीयका समस्या तथा गुनासो सुनेका थिए । साथै आफुहरु निर्वाचित भएपछि जनताका समस्याहरु समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Nabintech