७ बैशाख २०८१, शुक्रबार
हावाहुरी पीडितका समस्या बुझ्न घरदैलोमै मेयरका उमेद्वार भुषाल

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७९, बिहीबार १२:१०

कोहलपुर/  तीव्र गतिमा चलेको हावाहुरीका कारण बाँकेको कोहलपुरमा पनि क्षेति पु¥याएको छ । गएराति एक्कासी पानीसंगै चलेको हावाहुरीका कारण नगरका विभिन्न वडाहरुमा क्षेति पुगेको हो । हुरीले स्थानीयका घरका छाना समेत उडाएको थियो । हावाहुरीले क्षेति प¥याएका ठाउँमा त्यहाँको अवस्था बुझ्न एमालेको तर्फबाट कोहलपुर नगरपालिका मेयर दका उम्मेद्वार खिल प्रसाद भुषाल पीडितको घरदैलोमा पुगेका छन् ।

मेयर पदका उम्मेद्वार भुषाल वडा नं.१२ स्थित सुन्दरवस्तीका परिमल चनारा र लाल बहादुर बुढाथोकीका साथै वडा नं.२ को बर्दहवाका भुनेश्वर थारु लगायतका घरमा पुगी क्षतिको बारेमा जानकारी लिएका थिए । पिडितले आवश्यक सहयोगका लागि पहल गरिदिन उमेदवार भुषालसंग आग्रह गरे ।

उमेद्वार भुषालले आफू सधै जनताको पक्षमा भएको भन्दै पिडितलाई आवश्यक सहयोगका लागि स्थानिय सरकारसंग पहल गर्ने प्रतिवद्धता जनाए । उमेद्वार भुषालले आफू निर्वाचित भएमा गरिविको रेखामुनि रहेका जनतालाई राहत पुग्ने गरि काम गर्ने प्रतिबद्धता समेत जनाए ।

Nabintech