१३ बैशाख २०८१, बिहीबार
अटो व्यवसायलाई ब्यवस्थित गर्दै मजदुरका समस्या समाधान गर्छु–भुषाल

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७९, बिहीबार १२:३२

कोहलपुर/   नेकपा एमाले कोहलपुरले घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई तिव्रता दिएको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिएसंगै घरदैलो तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंगको अन्तरक्रियालाई तीव्र पारेको हो । सोही अवसरमा आज कोहलपुर नगरपालिकामा एमालेको तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य पदका उम्मेद्वारहरुले नगर क्षेत्रका अटो रिक्सा चालक मजदुरहरुसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले समृद्ध कोहलपुर निमार्णका लागि अटो व्यवसायलाई व्यवस्थापकीय रुपान्तरण गर्दै सम्मान जनक रुपमा व्यवसाय गर्ने वातावरण नेकपा एमाले सरकारले गर्ने बताएका छन् । भुषालले आफु पनि मजदुर भएर काम गरेको स्मरण गरे ।

उनले आफुले भारतमा मजदुरका रुपमा काम गरेको बताउदै मजदुरका पीडा कति हुन्छ् भन्ने कुरा आफुले राम्रोसँग बुझेको बताए । उनले नगरपालिका विजयी भएको खण्डमा अटो व्यवसायीहरुसंग गरिएका प्रतिवद्धताहरु पूर्ण रुपमा पालना गर्ने बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले मजदुरहरुको पार्टी नेकपा एमाले भएको स्मरण गराए ।

उनले कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिका स्तरमा अटो तथा रिक्सा मजदुरहरुको व्यवसाय रुपान्तरण र मर्यादित पेशा गर्नाका लागि एमाले सरकारले स्थानीय तहमा मजदुर वोर्ड स्थापना गर्ने योजना नेकपा एमालेको रहेको बताए । उनले समृद्ध कोहलपुर निमार्णका लागि एमाले विजयी गराउन सबै मजदुर क्रियाशिल भएर लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा मध्य पश्चिम जनसेवा यातायात प्रा.लि का अध्यक्ष विश्वराज खनाल लगायतले मजदुर भेलामा आफ्नो धारणा राखेका थिए । कोहलपुर स्वतिक कटेजमा राखिएको उक्त अन्तरक्रियामा करिब कोहलपुरका दुई सय भन्दा धेरै अटो व्यवसाय तथा मजदुरहरुको सहभागिता रहेको थियो ।

Nabintech