१५ चैत्र २०८०, बिहीबार
स्थानीय तहमा मजदुर बोर्ड गठन गरिने–नेता ढकाल

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७९, बिहीबार १२:४७

कोहलपुर/  नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले मजदुर वोर्ड गठन गर्ने बताएका छन् । कोहलपुर क्षेत्रका अटो रिक्सा मजदुरहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले अटो व्यवसायी तथा मजदुरहरुलाई समस्या समाधान गर्न मजदुर वोर्ड गठन गर्ने बताएका हुन् । कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिका स्तरमा अटो तथा रिक्सा मजदुरहरुको व्यवसाय रुपान्तरण र मर्यादित पेशाका रुपमा पहिचान गर्न एमालेको सरकारले स्थानीय तहमा मजदुर बोर्ड स्थापना गर्ने योजना नेकपा एमालेको नेता ढकालको भनाई थियो ।

हरेक क्षेत्रका नागरिक तथा मजदुरहरुलाई समस्याहरुलाई समाधान गर्न सक्ने भएकाले पार्टी नेकपा एमाले मजदुरहरुको पार्टी रहेको जिकिर गर्दै नेता ढकालले समृद्ध कोहलपुर निमार्णका लागि एमालेलाई विजयी गराउन सबै मजदुर क्रियाशिल भएर लाग्नु पर्ने बताएका थिए । कोहलपुर स्वतिक कटेजमा राखिएको उक्त अन्तरक्रियामा करिब कोहलपुरका दुई सय भन्दा धेरै अटो व्यवसाय तथा मजदुरहरुको सहभागिता रहेको थियो ।

Nabintech