१६ चैत्र २०८०, शुक्रबार
नेकपा एमालेले रक्सी र पैसा बाडेर जनताको मत किन्दैन : चौधरी

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०७९, शुक्रबार १८:०१

नेकपा एमाले कोहलपुर नगरपलिका वडा नं. ८ को झरकट्टीमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै उममेयरका उम्मेदवार अस्मिता चौधरीले एमाले जनताको पार्टी भएको र जनताको मत स्वाभिमानका साथ पाउने अपेक्षा गरेको हुदा मत किन्नेकाम नगर्ने बताउनु भएको छ । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले भन्नु भयो यहाँ अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले रक्सी खुवाउने र पैसा बाड्ने काम गर्दै आएको हुदा एमाले त्यस्ता कार्यको बिरोधी भएको बताउनु भएको हो । एमाले पार्टीमा भ्रष्टचारका खिलाफ रहेको र त्यस्ता कार्य निस्तेज पार्नकालागि लाग्ने भएको हुदा जनताको मत पाउनका लागि त्यस्ता गतल क्रियाकलाप नगर्ने समेत जनाईन । एमाले बिकासशिल। र भिजन भएको पार्टी हो यस पार्टीमा रहेका हरेका सिपाही उर्जावान, कर्मशिल र जनताको सेवक रहेको बताउनु भयो ।

यस्तै घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार खिलप्रसाद भुसालले नेकपा एमाले पार्टी वडा नं. ८ मा विजयी भएपश्चात यहाका जनताहरुको जनस्तर सुधार गर्नुका साथै बिकास निर्माणका हरेका गतिबिधीमा एमालेको अग्रसरता रहेको छ । वडा नं. ८ मा भएका गतिबिधीहरु एमालेका भिजन र जनप्रतिनधीहरुको जनताप्रतिको उत्तरदायित्व बहन गरेको सहजै देख्न र अनुभुत गर्न पाईन्छ । त्यसैले एमाले जनजाती, दलित, सकुम्बासी र हरेका समुदायको प्रतिनिधित्व गर्ने पार्टी भएको हुदा हाम्रालाई भन्दा राम्रालाई भोट दिन समेत आग्रह गरेका थिए ।

यस्तै स्थानीयहरुले पनि आफुहरु एमालेको पक्षमा मतदान गर्न आतुर रहेको स्थानीय कलावती कि.कले बताइन । उनले भनिन नेकपा एमाले बृद्धा, अपांगता, एमल महिला र सुत्केरीहरुको साथी भएको हुदा एमाले राम्रो र हाम्रो घरको पार्टी भएको बताईन ।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवार तिलबहादुर खत्रीले वडामा भैरहेका हुन बाँकी रहेका हरेक बिकास निर्माणका गतिबिधीहरु आफ्नो कार्यकालमा समापन गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

Nabintech