६ बैशाख २०८१, बिहीबार
खेलकुद्प्रति आकर्षण बढाउन क्रिकेट मैदानको विकास गर्छु–भुषाल

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७९, आईतवार १९:२२

कोहलपुर/    नेकपा एमालेको तर्फबाट कोहलपुरको मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले प्रस्तावित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको उचित व्यवस्थापन गरिने बताएका छन् । पछिल्लो समय खेलकुदमा युवाहरुको आकर्षण बढ्दै गएकोले कोहलपुरमा रहेको क्रिकेट मैदानलाई यस क्षेत्रकै नमुनाका रुपमा विकास गरिने बताएका हुन् । क्रिकेट मैदानको विकास गरी खेलाडीहरुको मनोवल बढाउदै खेलप्रति युवाहरुको आकर्षण बढाउने उनको भनाई थियो ।

यस्तै भुषालले कोहलपुर नगरपालिका वडा नं.११ मा रहेको लोकनगरका जनताको पनि उचित व्यवस्था गर्ने बताएका हुन् । त्यसैगरी, भुषालले किरण नालाको जग्गा भु–माफियाको नाममा जान हुन्न भन्ने आफुले आवाज उठाउदा आफुलाई भु–माफियाहरुले षड्यन्त्र गरिरहेको समेत बताएका छन् । आफुले निर्वाचन जितेमा भु–माफियाहरु पाखा लाग्ने भएकाले चुनाव हराउनका लागि विभिन्न षड्यन्त्र गरिरहेको भुषालको भनाई छ ।

मेयर पदका उम्मेद्वार भुषाले आफू निर्वाचित भएमा १ बर्षभित्र अब्यवस्थित र सुकुम्बाको समस्या समाधान गर्न सरकारलाई दवाव दिने र सरकारले नगरेमा नगरपालिकाले अस्थायी लालपुर्जा दिने प्रतिबद्धता जनाए । यस्तै कोहलपुर नगरपालिका वडा न ११ का एमालेका वडा अध्यक्षका उमेद्वार कल्पना अधिकारीले लोकनगरका जनताको समस्या समाधान गर्ने प्रकृयामा रहेको बताइन् ।

 

Nabintech