१५ बैशाख २०८१, शनिबार
नागरिकका आधारभुत आवश्यकता पुरा गरेको अध्यक्ष रुचालको दाबी

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७९, आईतवार १९:३८

बैजनाथ/   बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्णका लागि जनातका आधारभुत आवश्यकता पुरा गरेको दाबी गरेका छन् । बैजनाथ गाउँपालिका वडा न ८ को चुवानी सभालाई सम्बोधन गर्दै अध्यक्ष रुचालले यस्तो बताएका हुन् । उनले बाँके जिल्लाको पहिलो स्थानीय तहका बैजनाथमा आधारभूत तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउन स्थापित भएको बताए । आर्थिक सवलीकरण र महिला शशक्तिरकणमा महत्वपूर्ण कार्यहरु भएको दावी गर्दै अध्यक्ष रुचालले साना किना सुढृढिकरण परियोजना मार्फत ४ हजार १ सय १ महिला दिदीबहिनीहरुको आर्थिक रुपान्तरणमा प्रत्यक्ष काम गरेको बताएका छन् ।

उनले आधाभूत स्वास्थ्य सेवा विस्तामा बैजनाथ गाउँपालिकाका पुरै ८ वटा वडाहरुमा स्वास्थ्ये सेवाको सुनिश्चिता गरेको असमेत बताएका छन् । भौतिक पूर्वाधार निमार्ण र पक्की बाटो निमार्ण शिक्षक व्यवस्, सामाजिक सुरक्षा सेवामा विस्तार लगायत क्षेत्रमा महत्वूर्ण कार्यकालका रुपमा रहेको स्मरण गर्दै अब थप यसलाई सवलीकरण गर्नाका लागि एमाले उम्मेदवाहरुलाई विजयी गराउन आह्वान गरे । उनले बैजनाथ गाउँपालिका वडा न ८ मा एमाले विजयी भए यहाँको सामाजिक रुपान्तरण सगै आर्थिक रुपान्तरण समेत हुने विश्वास व्यक्त गरे ।

 

Nabintech