१३ बैशाख २०८१, बिहीबार
आचारसंहिता पूर्ण रुपमा पालना गर्नु पर्नेमा बाँकेका नागरिक अगुवाहरुको जोड

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७९, आईतवार १९:५२

बाँके/    नागरिक समाजका अगुवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालना गर्न र गराउन आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन सर्व प्रथम स्वयंले आचारसंहिताको पालना गर्ने र दल लगायत अन्यलाई पनि आचार संहिता कार्यान्वयनका लागि सचेत गराउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

संवाद समूह बाँकेद्धारा आइतबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । निर्वाचन स्वच्छ, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन नै प्रमुख दायित्व हुनु पर्र्ने कुरामा सबै एकमत देखिएका हुन् । चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित व्यानर र झण्डाको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले नागरिकस्तरबाट सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए ।

राष्ट्रिय मानवअधिकार अयोग नेपालगञ्जका प्रमुख झंकर रावलले निर्वाचन आचार संहिता र मतदाता शिक्षालाई व्यापक र प्रभावकारी नबनाइएको भन्दै मतदान गर्ने शान्त र सहज बातावरण बनाइनु पर्ने आवश्यक्ता औल्याए । निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहे पनि निर्वाचन गराउने निकाय थप संवेदनशिल र जिम्मेवार बन्नु पर्ने उनको सुझाव थियो ।

उच्च अदालत बार एशोसीएशन नेपालगञ्जका अध्यक्ष शिवराज श्रेष्ठले निर्वाचनको मौन अवधीमा आचार संहिता उल्लघंन हुने सम्भावना रहेको भन्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिए । उनले आमनागरिकलाई सचेत रहन पनि आग्रह गरे ।

Nabintech