१५ बैशाख २०८१, शनिबार
नेपाल-भारत सीमानाका ७२ घण्टाको लागि बन्द हुने

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७९, आईतवार १९:५४

बाँके\ बाँकेस्थित नेपाल-भारत सीमानाका ७२ घण्टाको लागि बन्द हुने भएको छ । आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित र शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि भारतसंग जोडिएको नेपाल-भारत सिमानाका बन्द हुने भएको हो ।

बाँकेका प्रमुुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यही बैशाख २७ गते मंगलबार राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमानाका बन्द हुने जानकारी दिए । सीमा नाका बन्द भएको ७२ घण्टाका लागि कुनै पनि सवारी साधन तथा व्यक्ति आवतजावत गर्न नपाउने गरी सीमानाका बन्द हुने उनले बताए । नेपाल र भारतमा निर्वाचन भएको समयमा हालसम्म सिमानाका बन्द हुदै आएको छ ।

Nabintech