६ बैशाख २०८१, बिहीबार
लुम्बिनीमा २६ हजार लागुऔषध कारोवारी, खुलेआम कारोबार प्रहरी मौन

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७९, सोमबार ०८:३१

पुलिसको एक सरकारी रेकर्डलाई निहाल्दा लागु औषधसँग सम्बन्धित अपराधले मुलुकको कुल अपराधको करिब आठ प्रतिशत हिस्सा ओगटेको देखाउँछ । लागुऔषध मुद्दासँग सम्बन्धित अभियुक्त पक्राउ दरले पनि यसका दुर्व्यसनी र कारोबारी बढेको देखाउँछ । लुम्बिनी प्रदेशका १२ जिल्लामा २५ हजार नौ सय ३० जना यस्ता व्यक्ति छन । जसमा बाँके सबैभनदा उच्च जोखिममा देखिएको छ ।

गृह मन्त्रालयका अनुसार हाल देशभर लागुऔषध दुर्व्यसनी एक लाख ३० हजार चार सय २४ छन । जसमध्ये महिला आठ हजार तीन सय ७२ जना छन ।

कुल दुर्व्यसनीमा २० देखि २९ वर्ष उमेर समूहका मात्रै ६९.५ प्रतिशत छन् । जसमा २० देखि २४ वर्षका ३४.३ प्रतिशत, २५ देखि २९ वर्षका ३५.२ प्रतिशत छन ।  १५ वर्षभन्दा कम उमेरका ०.२ प्रतिशत र १५ देखि १९ वर्षका दुर्व्यसनीको हिस्सा ७.२ प्रतिशत छ । ३० देखि ३४ वर्षका १२.६ प्रतिशत हिस्सा छ । ३५ देखि ३९ वर्षका ६.५ प्रतिशत, ४० देखि ४४ वर्षका २.७ प्रतिशत, ४५ देखि ४९ वर्ष तथा ५० देखि माथिका एक–एक प्रतिशत छन ।

बाँके कारागारमा रहेका दुर्व्यसनीकै आधारमा अनुसन्धान गरेर कुल दुर्व्यसनीको आँकडा तयार गरेको हो । लागुऔषध दुर्व्यसनी र यसका कारोबारी बढ्दो क्रममा रहेकाले मुलुककै लागि चुनौती बनेको देखिएको छ ।

दिनप्रतिदिन लागुऔषध दुर्व्यसनी बढेका छन । यसका कारोबारी पनि बढेको देखिन्छ । यसले ठूलो युवाशक्तिलाई तहसनहस पार्दै छ, जुन मुलुककै लागि चुनौती बनेको छ । बाँकेमा त पुलिसकै सेटिङ्गमा कतिपय अबस्थामा लागुऔषधको कारोवार भैरहेको सार्वजनिक हुर्दै आएको छ ।

esetokhari.com

Nabintech