• १३ मंसिर २०७९, मंगलवार
कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७९, सोमबार १०:४३

 

बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे आपसमा ठोकिएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२, बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते छन् । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।

Nabintech