१४ बैशाख २०८१, शुक्रबार
हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७९, सोमबार २१:१०

काठमाडौं –  सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।  यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।

Nabintech