१६ चैत्र २०८०, शुक्रबार
बर्दियाको मधुवन झडपमा किशोरीको मृत्युः प्रदर्शनकारीले गरे आगजनी

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७९, मंगलवार २१:१७

बर्दिया — बर्दियाको मधुवनस्थित वन्यजन्तु पीडितको प्रदर्शनमा प्रहरीसंगको झडपमा परी वीना थारुको मृत्यु भएपछि आक्रोसित प्रदर्शनकारीहरुले खाता समन्वय समितिको गोलघरमा आगजनी गरेका छन् । स्थानीय प्रशासनले सर्वपक्षिय बैठक गरी समस्या समाधानको प्रयास गरे पनि त्यहाँको अवस्था तनाव पूर्ण बन्दै गएको छ ।
कार्यालयको कुर्सी तोडफोड गरेका छन् । ठूलो संख्यामा आएका स्थानीयहरुले ओराली बजारमा प्रदर्शन गर्दै चक्काजाम गराएका छन् । शान्ति सुरक्षा कायम गर्न आसपासका क्षेत्रमा प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । मधुवन नगरपालिकामा बसेको सर्वदलीय बैठकले मृत्युको घटनामा प्रहरी प्रशासनको गम्भीर लापरवाही भएको निष्कर्ष निकाल्दै बाघको आक्रमणमा घाइते भएकी अस्मिता चौधरीको सरकारले उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ । यसैगरी गोली लागी घाइते भएका राकेश कुमार चौधरीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

Nabintech