७ बैशाख २०८१, शुक्रबार
रोल्पा कारागारमा नेपालगन्जका सुन्दर हरिजनको मृत्यु घटनाको पूर्ण प्रतिबेदन

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७९, मंगलवार २१:२९

पृष्ठभुमिः चोरी मुद्दामा कैदिका रुपमा जेल जीवन विताईरहेका बाँके नेपालगंज उपमहानगरपालिका वडा नं २ का सुन्दर हरिजन रोल्पा कारागारको शौचालयमा झुन्डिएको अवस्थामा अस्वाभाविक रुपमा मृत फेलापरेपछि कारागारको ब्यवस्थापन र सुरक्षा ब्यवस्थामा गम्भिर प्रश्न उठेको छ ।चोरी मुद्दामा कैद सजाय भोगेका सुन्दर हरिजन छुट्नु पर्नेमा अपराधिक लाभ मुद्दाका बिजय बिक्रम शाह छुटेपछि घटना झन् रहस्यमय बनेको छ ।
२०७९ जेष्ठ ४ गते सुर्खेत बराहताल गाउँपालिका १ घोडाआँखेका २७ वर्षिय विजय विक्रम शाहलाई कारागारमा मृत अवस्थामा फेला परेको भन्दै शाहकी आमालाई प्रहरीले सूचना दिएको थियो । तर शाहकी आमाले आफ्ना छोरा बिजय बिक्रम शाह केही महिना अघि नै कारागारमुक्त भईसकेको कुरा प्रहरीलाई जानकारी गराएकी रहिछन् । बिजय बिक्रम शाहकी आमाबाट यस्तो जानकारी पाएपछि प्रहरीले मृत्यु भएको व्यक्तिको पहिचानका लागि शवको फोटो पठाएको थियो । शाहकी आमाले उक्त फोटो आफ्नो छोराको नभएको बताएपछि घटनाले नयाँ मोड लियो । मृतक भनिएको फोटोबारे अन्य कैदीहरुसंग छलफल गर्दा बिजय बिक्रम शाह पहिलै छुटेको र मृतक कैदी सुर्खेतका विजय विक्रम शाह नभई नेपालगञ्जका सुन्दर हरिजन भएको खुलेको थियो ।
जिल्ला सुर्खेत बराहताल गा.पा.  वडा नं १ घोडाआँखेका बिजय बिक्रम शाह हात हतियार तथा खरखजना मुद्दा। अपराधिक लाभ मुद्दामा परि पुर्पक्षको लागी बाँके कारागारमा जेल जिवन बिताईरहेका थिए ।
रोल्पा कारागारको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका मृतक सुन्दर हरिजन जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं २ घरवारी टोलका हुन् । उनि बाबु, बाबुलाल चमार र आमा राधा चमारका छोरा हुन । नेपालगंज उपमहानगरपालिकामा सुन्दर हरिजनकी आमा राधा चमारले भरेको अनुसुचि अनुसार निजको जन्म मिति २०५९ जेठ १ गते राखी मिति २०६० असार ०९ गते जन्म दर्ता गराईएको पाइयो ।
चोरी मुद्दामा पक्राउ परेका उनी मुद्दामा पुर्पक्षको सिलसिलामा बाँके कारागारमा कैदीजिवन ब्यतित् गर्दै थिए । सुन्दर हरिजनले जरिवाना तिरेमा मिति २०७७भाद्र १७ गते थुनामुक्त हुनेर जरिवाना तिर्न नसकेको अवस्थामा मिति २०७७ असोज २३ गते छुट्ने बाँके जिल्ला अदालतले दिएको कैदी पुर्जिमा देखिन्छ । निज सुन्दर हरिजन जरिवाना बुझाएमा २०७७ पुष २३ गते थुनामुक्त हुनुपर्नेमा तत्काल जरिवाना नतिरी २०७७ पुष २८ गते जरिवाना बुझाई ५दिनको रु। १५ सय जरिवाना वापतमा कैदमा बसी २०७७ पुष २८ गते जरिवाना वापत रु।४८,५०० ९अक्षेरुपी अठ्चालिस हजार पाँच सय मात्र० तिरि सुन्दर हरिजन थुनामुक्त हुनुपर्नेमा अर्का अपराधिक लाभ मुद्दामा कारागारमा थुनामा रहेका बिजय बिक्रम शाह थुनामुक्त भए। २०७७ पुष २८ मा थुनामुक्त हुनुपर्ने ब्यक्ति थुनामुक्त नभई २०७९ जेष्ठ ४ गते रोल्पा कारागारमा झुण्डिएको अवस्थामा सुन्दर हरिजनको मृत लास फेला परेपछि घटनाका सम्बन्धमा अनेकन शंका उपशंकाहरु उब्जिएको हो ।
मिति २०७७ साल असोज महिनाको ४ गते मृतक सुन्दर हरिजन समेत बिजय बिक्रम शाह, रण बहादुर रोका, धनराज बुढाले संयुक्त रुपमा कारागार स्थानान्तरणका लागी नेपालगञ्ज कारागार प्रशासनलाई निवेदन दिएकोमा मृतक सुन्दर हरिजन र बिजय बिक्रम शाहको मात्र स्वीकृती भएबमोजिम कैदीहरु सुन्दर हरिजन र बिजय बिक्रम शाह मिति २०७७ मंसिर ८ गते रोल्पा कारागारमा स्थानान्तरण भएका थिए । चार जनाले संयुक्त निवेदन दिएका मध्ये २ जनाको मात्रै स्वीकृती हुनु र जुन कारण देखाई स्थानान्तरण माग भएको थियो रोल्पामा दुवै कैदीको आफन्त नहुनु र कारागारमा रहेका बेला कोही भेटघाट गर्न नजानुले घटना थप रहस्यमय बनेको हो ।
उल्लेखित सन्र्दभमा घटनाको सत्यतथ्य छानविनकालागि सरकारी तर्फबाट समेत छानविन समितिहरु निर्माण भएको अवस्थामा नागरिक तहबाट पनि घटनाको स्थलगत भ्रमण गरि घटनाको सत्यतथ्य बाहिर ल्याउन आवश्यक देखिएकाले उच्च अदालत बार एशोसियशन,नेपालगज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय,नेपालञ्ज,एडभोकेसीफोरम लुम्बिनी प्रदेश कार्यालय,नेपालगञ्ज र एफ।डब्लु।एल।डि।,नेपालगञ्जले संयुक्त रुपमावि।स।०७९ जेठ १८ गतेदेखि ०७९ जेठ २३ गतेसम्म स्थलगत अध्ययन् गरेको छ । टोलीले सम्बन्धित सरोकारवालाहरु,पीडित परिवारजन,नागरिक समाजका प्रतिनिधिहरुसंग भेटघाट गरि आफनो स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ ।

२. अनुगमन टोली
(क) अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० लुम्बिनी प्रदेश कार्यालय नेपालञ्जका संयोजक भोला महत
(ख) एडभोकेसी फोरम नेपालगञ्जका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम
(ग) उच्च अदालत बार एशोसियशन, मानव अधिकार तथा जनसरोकार समितिका संयोजक, झबिन्द्र पौडेल
(घ) एफ।डब्लु।एल।डि। का संयोजक अधिवक्ता सुनिल कुमार श्रेष्ठ
३. स्थलगत अध्ययनको उदेश्य:
(क) घटनाको सत्य तथ्य उजागर गरि आवश्यक कानूनी प्रक्रिया अवलम्बनका लागी सम्बन्धीत निकायलाई सिफारिस गर्न ।
(ख)  कारागार ब्यवस्थापनमा भएका कमीकमजोरी पत्ता लगाई सुधारका लागी सिफारिस गर्न ।

४. अनुगमन प्रक्रिया:
(क) घटनाको अनुगमनका लागी पीडित र अधिकारकर्मी बिच छलफल भएको ।
(ख) घटनाको अनुसन्धानका लागी सरकार र राष्ट्रिय मानव अधिकार आयोगलाई विज्ञप्ती मार्फत अनुरोध गरिएको ।
(ग) स्थलगत अध्ययन् टोलीको चयन गरिएको ।
(घ) घटनासंग सम्बन्धीत बिभिन्न सरोकारवालाहरु ९मृतकका परिवार, बाँके र रोल्पाका कारागार प्रशासन, प्रहरी प्रशासन, नागरिक समाज, कारागारमा रहेका कैदीबन्दी० संग प्रत्यक्ष भेटघाट र घटनाबारे तथ्य संकलन गरिएको ।
(ङ) घटनासंग सम्बन्धीत संचार माध्याममा आएका समाचार लगायत अन्य कागजात सन्दर्भ सामाग्रीको अध्ययन बिश्लेषण गरिएको ।
(च) पत्रकार भेटघाट मार्फत स्थलगत अध्ययन् प्रतिवेदन सार्वजनिक गरिएको ।
५. घटनाको बिस्तृत बिवरण : 
जिल्ला सुर्खेत बराहताल गा.पा. वडा नं १ घोडाआँखेका २९ बर्षिय बिजय बिक्रम शाह हात हतियार तथा खरखजना र अपराधिक लाभ मुद्दामा पुर्पक्षको लागी बाँके कारागारमा जेल जिवन बिताईरहेका थिए ।निजलाई अपराधिक लाभमा ५ बर्ष कैद र ५० हजार जरिवाना र हात हतियार तथा खरखजाना मुद्दामा थप ८ महिना कैद ८० हजार जरिवाना हुनेगरि फैसला भएको रहेछ । निज शाह २०७४ फागुन २३ गते देखि प्रहरी हिरासत हुदै कारागार चलान भएका थिए ।
उल्लेखित मुद्दामा निज बिजय बिक्रम शाह जरिवाना बुझाएमा २०७९ फागुन २३ गते छुट्ने र यदि जरिवाना नबुझाएको खण्डमा २०८० भाद्र १० गते कैद मुक्त हुने रहेछन् ।
रोल्पा कारागारमा झुण्डिएको अवस्थामा भेटिएका मृतक सुन्दर हरिजन जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं २ घरवारी टोलका हुन । सुनिता श्रेष्ठको जाहेरीले नेपाल सरकार बादी भएको चोरी मुद्दामा पक्राउ परेका सुन्दर हरिजनलाई ३ महिना कैद र रु। ५० हजार जरिवाना हुनेगरि बाँके जिल्ला अदालतले २०७५ फागुन १२ गते फैसला गरेको रहेछ ।
बाँधा बिरोध मुद्दामा सुन्दर हरिजन बालक देखिएको कुरा बाँके जिल्ला अदालतबाट जारी भएकोे पुनरावेदन म्यादबाट पुष्टि हुन्छ । बाँके जिल्ला अदालतबाट जारी भएको जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं २ घरवारी टोली बस्ने सेवक चमारको नाती बाबुलाल चमारको छोरा बर्ष १७ को परिवर्तित नाम सोहन ९सुन्दर चमार० नामको पुनरावेदन म्यादबाट खुल्दछ । प्रहरी हवल्दार दिपेन्द्र बहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई भएको बाधा बिरोध मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०७७ असार २९ मा रु ३०००÷—९तिन हजार रुपिया० जरिवाना हुने गरि ठहरी फैसला भएको र त्यसको पुनरावेदन म्याद २०७७श्रावण १ गते बाँके जिल्ला अदालतमा पुनरावेदन म्याद जारी भएको देखिन्छ । उक्त म्याद २०७७ मंशिर ८ गते म्याद तामेली भएको रहेछ ।
जितु पराजुलीको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी सुन्दर हरिजन भएको नकवजनी चोरी मुद्दामा निज सुन्दर हरिजन २०७६ भाद्र १९ गते पक्राऊ परेका रहेछन । बाँके जिल्ला अदालतले मुद्दाको फैसला गर्दा चोरी म मुद्दामा परिणत गरि मिति २०७६ माघ २१ गते १ बर्ष कैद १० हजार जरिवाना हुनेगरि फैसला गरेको रहेछ । जिल्ला अदालतको फैसला उपर सरकारी वकिल कार्यालयको पुनरावेदन परेकोमा उच्च अदालत नेपालगंजले २०७७ माघ २० गतेजिल्लाको फैसलालाई सुरु सदर गरेको थियो । यसरी सुन्दर हरिजनले जरिवाना तिरेमा मिति २०७७भाद्र १७ गते छुट्ने र जरिवाना तिर्न नसकेको अवस्थामा २०७७ असोज २३गते छुट्ने अदालती कैदी पुर्जिबाट देखिन्छ ।
निज सुन्दर हरिजन जरिवाना बुझाएमा २०७७ पुष २३ गते थुनामुक्त हुनुपर्नेमा तत्काल जरिवाना नतिरी २०७७ पुष २८ गते जरिवाना बुझाई ५दिनको १५ सय जरिवाना वापतको कैद बसी २०७७ पुष २८ गते जरिवाना वापत रु।४८,५००÷—तिरि अर्का अपराधिक लाभ मुद्दामा कारागारमा थुनामा रहेका बिजय बिक्रम शाह थुनामुक्त भएको पाईएको छ । २०७७ पुष २८ मा थुनामुक्त हुनुपर्ने कैदी सुन्दर हरिजन थुनामुक्त नभई २०७९ जेष्ठ ४ गते रोल्पा कारागारमा अस्वाभाविक रुपमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि घटनाका सम्बन्धमा अनेकन शंका उपशंका उब्जीएको छ । एक कैदी छुट्नु पर्नेमा अर्कै कैदी बिजय बिक्रम शाह छुटेको र सुरक्षाघेरा भित्र रहेका कैदी सुन्दर हरिजनको अस्वाभाविक रुपमा मृत्यु भएपछि कारागार ब्यवस्थापन र फौजदारी न्याय प्रणाली माथी नै अनेकन प्रश्नहरु तेर्सिएका छन् ।
मिति २०७७ असोज ४ गते मृतक सुन्दर हरिजन समेत बिजय बिक्रम शाह,रण बहादुर रोका र धनराज बुढाले संयुक्त रुपमा कारागार स्थानान्तरणका लागी कारागार ब्यवस्थापन बिभाग काठमाण्डौमा कारागार कार्यालय बाँके मार्फत निवेदन पेश गरेको कारागारमा रहेको अभिलेखबाट देखिन्छ । उनीहरुले दिएको भनिएको निवेदनमा ‘हामी निवेदकहरुका आफन्त बिगत केही समय देखि कामको सिलसिलामा रोल्पा जिल्लामा बसोवास गर्दै आईरहेकोले हामी निवेदकहरुलाई भेटघाट लगायत अन्य बिबिध कार्यमा सहजता हुने भएकाले पायक पर्ने जिल्ला कारागार रोल्पामा स्थानान्तरण गराई पाउँ’ भन्ने ब्यहोराकोनिवेदन दिएको देखिन्छ ।
तर निवेदन दिएका मध्ये कसैका पनि आफन्त रोल्पा जिल्लामा बसोबास गरेको र कोहि पनि निजहरुलाई भेट्न रोल्पा कारागारमा गएको कारागारको अभिलेखमा भेटिएन ।
उल्लेखित निवेदन २०७७ असोज १२ गते च.न.  ५४० बाट बन्दी स्थानान्तरण बिषयमा कारागार कार्यालय नेपालगंज बाँकेले कारागार ब्यवस्थापन बिभाग कालिकास्थान काठमाण्डौलाई पत्राचार गरेको देखिन्छ ।
मिति २०७७ असोज २८ गते च.न. ५९६ को कारागार ब्यवस्थापन बिभाग काठमाण्डौले समन्वय गरि बन्दी स्थानान्तरण गर्न स्वीकृती प्रदान गरेको । यसको बोधार्थ रोल्पा कारागारलाई दिएको । उक्त पत्रमा सुन्दर हरिजन र बिजय बिक्रम शाहको मुद्दासंग सम्बद्ध सबै कागजात सहित आवश्यक सुरक्षाका साथ कारागार कार्यालय रोल्पामा स्थानान्तरण गर्नु गराउनु हुन साथै उक्त बन्दीहरु बुझाउन ल्याएमा कारागार कार्यालय रोल्पाले बुझिलिनु हुन समेत मिति २०७७ असोज २८ गतेको निर्णय अनुसार अनुरोध छ भनी कारागार ब्यवस्थापन बिभागले पत्राचार गरेको पाइयो । कारागार ब्यवस्थापन बिभागले निवेदन उपर कुनै अध्ययन् र छानविन नगरि स्थानान्तरण अनुमति दिएको पाईयो ।
मिति २०७७ मंसिर ७ गते च.न.  ९१९ बन्दी स्थानान्तरण सम्बन्धमा नेपालगंज बाँके कारागारले रोल्पा कारागारलाई पत्राचार गरेको पाइयो । पत्रमा कारागार ब्यवस्थापन बिभागको पत्र अनुसार नेपालगंज कारागारमा कैदमा रहेका बिजय बिक्रम शाह र सुन्दर हरिजनलाई सुरक्षासाथ बन्दीको कागजात सहित स्थानान्तरण गरि पठाइएको छ । उक्त बन्दीलाई बुझिलिनु भई रित पुर्वकको भरपाई पठाई दिन अनुरोध छ भन्ने ब्यहोरा लेखिएको छ । यसको बोधार्थ कारागार ब्यवस्थापन बिभाग, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँके र कारागार सुरक्षा गार्ड नेपालगंज बाँकेमादिईएको छ । सवारी चालक दिनेश कुमार यादवलाई उल्लेखित बन्दीलाई कारागार कार्यालय रोल्पामा बुझाई भरपाई लिई आउनु हुन भन्ने ब्यहोरा उल्लेख छ । तर बाँके कारागारले रोल्पा स्थानान्तरण हुन खोजेका कैदीहरुको आफन्त रोल्पामा छन् वा छैनन् भन्ने बारेमा कुनै सोधखोज गरेको पाइएन ।
सो बमोजिम बाँके कारागारमा कैदीहरु सुन्दर हरिजन र बिजय बिक्रम शाहलाई मिति २०७७ मंसिर ८ गते रोल्पा कारागारका कार्यालय सहयोगीले कैदी बुझि भरपाई गरिदिएको । कैदी हस्तान्तरण गर्दा कारागार ऐन नियम बमोजिम कैदीहरुको स्पष्ट पहिचानका साथ आवश्यक कागजात सहित कैदीलाई चिनाएर जिम्मेवार ब्यक्तिलाई कैदी बुझाउनु पर्नेमा त्यसको अभिलेख कारागारमादेखिदैन । कारागारका जिम्मेवार कर्मचारीले पहिचान सहित कैदी बुझ्नु पर्नेमा नियम बिपरित कार्यालय सहयोगीले कैदी बुझेको देखियो ।
बाँके कारागारबाट बिजय बिक्रम शाहसंगै रोल्पा कारागारमा स्थानान्तरण भएका सुन्दर हरिजन जरिवाना बुझाएमा २०७७ पुष २३ गते थुनामुक्त हुन्थे । निजले तत्काल जरिवाना वापतको रकम तिरेको देखिदैन । तर निज सुन्दर हरिजनको नामबाट २०७७ पुष २८ गते जरिवाना वापत बाँके जिल्ला अदालतमा रु ४८,५००÷— तिरेको देखिन्छ । ५दिनको १५ सय रुपिया जरिवाना वापतको कैद बसी २०७७ पुष २८ गते निज सुन्दर हरिजन थुनामुक्त हुनु पर्नेमा संगै कारागार स्थानान्तरण भई रोल्पा पुगेका बिजय बिक्रम शाह थुनामुक्त भए । थुनामुक्त हुने बेला आफन्त कोही छैनन भन्दै स्थानिय एक पत्रकारको रोहवरमा छुटेका उनी सुर्खेत स्थित एक सवारी चालकको श्रीमती भगाएर सम्पर्क बिहिन भएकोतथ्य निजको पारिवारिक सदस्यबाट खुल्न आएको छ । यसरी २०७७ पुष २८ मा थुनामुक्त हुनुपर्ने कैदी सुन्दर हरिजन थुनामुक्त नभई २०७९ जेष्ठ ४ गते रोल्पा कारागारमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि कारागार ब्यवस्थापन, सुरक्षा र हाम्रो न्याय प्रणाली माथी नै अनेकन प्रश्न उठेका छन् ।
अझ सुन्दर हरिजन चोरी मुद्दामा अदालतमा गरेको बयानमा १७ बर्ष भनी आफ्नो उमेर लेखाएको सन्दर्भमा त्यस उपर कुनै छानविन गरेको पाइएन, छोटो समयको अन्तरालमा उहि ब्यक्ति नावालक भनी बाधा बिरोधमा अभिभावकको जिम्मामा छुटेको तर लगत्तै अर्को मुद्दामा उहि व्यक्ती पक्राउ पर्दा बालिक देखाई बयस्कलाई हुने सजाय सुनाईनुले हाम्रो फौजदारी न्याय प्रणालीमा पनि थुप्रै कमीकमजोरी छन् भन्ने कुरा यस घटनाले देखाएको छ । कारागारबाट कैदी साटिएर एक छुट्नु पर्नेमा अर्कै छुट्नु र अदालत र कारागार ब्यवस्थापन प्रतिकै अबिश्वास र बितृष्णा वा यस्तै अन्य कारणले राज्यको नियन्त्रणमा रहेको कैदी कारागार भित्रै मर्नु पर्नेसम्मको स्थिति कसरी सृजना भयोरु
७. घटनाका सम्बन्धमा पाईएका तथ्यहरु
१.  २०७९ जेठ ६ मा प्रहरीले मृतकका आफन्तलाई दिएको लास सद्गत पुर्जि अनुसार सुन्दर हरिजन रोल्पा कारागारमा २०७९जेष्ठ४ गते १८ः३० बजे ९साँझ ६ः३०० शौचालय कोठामा झुण्डिई मृत अवस्थामा फेला परेको ।
२.  २०७९ जेठ ६ गते मृतक सुन्दर हरिजनको दाजु राज कुमार हरिजनले लास सद्गत पुर्जि बुझि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा राखेको र परिवारले मिति २०७९ जेष्ठ १७गते सुन्दर हरिजनको सद्गत गरेको पाईएको ।
३ . रोल्पा अस्पतालमा भएको पोष्टमार्टम् रिपोर्टमा सुन्दर हरिजनको मृत्युको कारण झुण्डिएर मृत्यु भएको उल्लेख भएको ।
४.  मृतक सुन्दर हरिजन चमारलाई बिजय बिक्रम शाहको नामको ओपिडी टिकटबाट २०७९ बैशाख १३ गते रोल्पा नगरपालिकाको स्वास्थ्य शाखामा उपचार गराइएको पाइयो।
५ . बिजय बिक्रम शाहको नामको बिरामी पुर्जिबाटस्वास्थ्य कार्यालय रोल्पामा सुन्दर हरिजनले मिति २०७९ बैसाख १४ गतेपनि स्वास्थ्य उपचार गराएको रेकर्डबाट देखिएको ।
६. कारागार स्थानान्तरण माग गर्दा दिईएको निवेदनमा सुन्दर हरिजनको सहि र कैदीपुर्जिमा हस्ताक्षर संकास्पद रहेको ।
७.  सुन्दर हरिजनले चोरी मुद्दामा बयान गर्दा १७ बर्ष भनेपनि अदालतले उमेर यकिन नगरि अभियोग दावी अनुसार बालिक मानेर फैसला गरेको न्याय बृत्तमा चर्चा रहेको ।
८.  बाँके कारागारमा जेल जिवन विताईरहेका सुन्दर हरिजनको रिहाईको समय नजिकिदै गरेको वेला के कति कारणले आफना आफन्त नभएको विरोनो ठाँऊ  (रोल्पा कारागार) मा आफन्त भएको पायक पर्ने स्थान भनी स्थानान्तरण गरियो तर त्यसको पुष्ठि गर्ने कुनै आधार नभएको ।
९.  कैदीबन्दी स्थानान्तरणका लागि अपनाउनु पर्ने कानूनी प्रक्रियागत कुराहरुका सन्र्दभमा आवश्यक पर्ने कागजातहरु पुर्ण नभएको पाइयो । आवश्यक चेकजाँच अनुसन्धान बिनै कैदीले भनेकै आधारमा हचुवाको भरमा बन्दी सारिनु र पहिचान नगरि कैदी बुझाउने र बुझ्ने गरेको पाईएको ।
१०.  एक वा एकभन्दा बढि कैदी बन्दि स्थानान्तरण गर्दा अपनाउनु पर्ने सुरक्षा संवेदनशिलता र आवश्यक प्रमाणहरुको उपयुक्त बिश्लेषण गरि कैदी बन्दि स्थानान्तरण गरेको पाईएन ।
१२.  सुन्दर हरिजन र विजय विक्रम शाहको उमेरमा ९ बर्षको फरक पाईयो साथै उनिहरु अलग अलग समुदायका समेत भएकाले भाषा,बोलीचाली समेत फरक फरक हुँदा समेत जेल प्रशासनको नियन्त्रण र निगरानीमा भएका कैदीहरु कसरी एकआपसमा सट्टापटट हुन पुगे रु यस घटनामा जेल प्रशासनको गम्भिर लापरवाही देखियो ।
१३.  स्थानान्तरण गरि रोल्पा कारागार प्रशासनलाई बुझाउदा कैदी पुर्याउन बाँके कारागारबाट गएका कर्मचारीहरुले किन विस्तृत रुपमा कैदीहरुको पहिचान नखुलाई हचुवाको भरमा बुझाउने काम भयो । साथै बुझने रोल्पा कारागार प्रशासनले समेत यस विषयमा किन गम्भिर हुन सकेन र हचुवाका भरमा कैदी,बन्दिको यकिन पहिचान नगरीबुझने काम ग¥यो भन्ने बिषयमा गंभिर प्रश्न यो घटनाले उब्जाएको पाईयो ।
१४.  कुनै पनि कैदी बन्दि कारागार भित्र आउदा उनिहरुको स्पष्ट पहिचान खुल्ने गरि अभिलेख राखेको पाइएन । कारागार प्रशासनको फितलो ब्यवस्थापन र कैदीबन्दीको फोटो सहित यकिन पहिचान गरि अभिलेख राख्ने प्रणाली नभएकै कारण घटना घटनुका विभिन्न कारणहरु मध्ये उल्लेखित एक कारण बन्न पुगेको पाईयो ।
१५.  कारागार भित्र कैदी बन्दिले सुविधाका रुपमा प्रयोग गर्दै आइरहेका टेलिफोन सुविधालाई दुरुपयोग समेत गरेको पाइयो । एक कैदीबन्दीले अर्काको नामबाट फोन गर्नु, त्यसमा कारागार प्रशासनको ध्यान नपुग्नु कारागार प्रशासनको गंभिर लापरवाही देखियो ।
१६.  कैदी बन्दिहरुले विवेक गुमाई आत्महत्या गर्न चाहे जतिसुकै वेलापनि उनिहरुले सहज रुपमा आत्महत्या गर्न सक्ने गरिको कमजोर भौतिक संरचना वा कैदी,बन्दि मैत्री संरचना नभएका कारणले पनि यस्ता घटना घटनमा मद्धत पुगेको देखियो ।
१७. राज्यको नियन्त्रणमा रहेका ब्यक्ति सहजै साटिनु, एक ब्यक्तिले भोग्नु पर्ने कैद अर्कोले भोग्नु, पहिचान बदल्दा समेत कारागार प्रशासनको ध्यान नपुग्नु कारागार प्रशासनको गंभिर लापरवाही र गैर जिम्मेवारीपनाको पराकाष्ठको रुपमा यो घटनालाई लिन सकिन्छ । अर्कै ब्यक्तिले पैसा पठाउने, पहिचान फेरेर घरमा फोन गर्दा, आफन्त रहेको पायक पर्ने ठाउँ भनेर कारागार स्थानान्तरण गरेकोमा कोही ब्यक्ति भेट्न नआउदा समेत समयमै कारागार प्रशासनको ध्यान पुगेको देखिएन । अझ पायक पर्ने ठाउँ भनी रोल्पा पुगेका बिजय बिक्रम शाह सुन्दर हरिजनको नामबाट छुट्ने बेलामा समेत आफन्त कोही छैनन् भनेर स्थानिय पत्रकारको रोहवरमा छुट्नु गम्भिर लापरवाही देखियो ।
१८.  राज्यको नियन्त्रणमा रहेका कैदी मर्नुपर्ने सम्मको स्थिति आउनुमा हाम्रो फौजदारी न्याय प्रणालीमा देखिएका कमजोरी, कारागारको दुराअवस्था, आधारभुत मानव अधिकार उपभोगमा कैदीबन्दीलाई समस्या पर्नु, क्षमता भन्दा बढीकैदीबन्दी, खानेपानी, सरसफाई, स्वास्थ्यउपचार, खानपान लगायतका आधारभुत कुराहरुको समुचित ब्यवस्था हुन नसक्दा पनि यस्ता घटना घट्नमा मद्धत पुग्ने गरेको देखिएकाले यस्ता सवालमा बेलैमा सम्बन्धीत पक्षको ध्यान जानु पर्ने देखियो ।
८.  सुझावहरु: 
–  कारागार अति संवेदनशिल क्षेत्र हो,यस भित्रकामगर्ने राष्ट्र सेवककर्मचारीहरुले बहुतै इमान्दारीताका साथआफनो कार्यसम्पादनगर्नुपर्ने हुन्छ तर कारागार प्रशासन र कैदी,बन्दिहरुको मिलेमतोमा सहजै कैदीहरु एक आपसमा साटिएको प्रस्तुत घटनाबाट देखियो । कारागार प्रशासनको विना सम्लग्नतामा कैदी, बन्दिएकआपसमा साटीने र सट्टामा सजायभोग्ने बातावरण कसरी बन्न सक्छरु सवालगंभिर भएकाले भबिश्यमा यस्ता खालका घटनाको रोकथामकालागी कारागार प्रशासन र नियमनगर्ने माथिल्लो निकाय संवदेनशिलहुन जरुरी छ ।
–  कारागार प्रशासनको निगरानी,नियमन र प्रत्यक्ष नियन्त्रणमा रहेका कैदी,बन्दि सुन्दर हरिजन र विजयविक्रमशाह, आफूहरुले एक आपसमाभोगिरहेको सजाय समेतलाई सट्टापट्टा गर्ने कार्य कसरी सम्भव भयो रु यस घटनामा प्रत्यक्ष परोक्ष्य तत्कालीन जेल प्रशासनको समेत सम्लग्नताहुनसक्ने कुरालाई मध्यनजर राख्दै यस घटनालाई गम्भिर लापरवाहीका रुपमालिई सरकारले प्रभावकारी छानविन गरि दोषी –  रोल्पा कारागारमाभएको कैदी मृत्युको घटनाले समग्र कारागार सुधारलाई इंकित गरेको देखिन्छ । किनकी एउटा कैदीले आत्महत्यागर्नुको पछाडी उसको व्यक्तीगत कारण मात्रहुदैन,उसलाई आत्महत्याप्रोत्साहनगर्नका लागिविभिन्न कुराहरुले उद्दत गरेको हुन्छ । कारागार भित्रको वातावरण, भौतिक संरचना,राज्यले दिने सेवा सुविधा, कैदीबन्दीकाआधारभुतमानवअधिकारको संरक्षण, जेल भित्रकाचौकिदार,नाईने,भाईनाइके र जेल प्रशासनको समेत भुमिका महत्वपुर्ण हुन्छ । अधिकारवादी संस्था इन्सेकले संकलन गरेकोतथ्याँकअनुसार सन् २०२१ मा जेलभित्रमात्र७४ जना कैदी,बन्दिले ज्यानगुमाउनु परेको छ । यो परिस्थितिआउनुमा कैदीबन्दीमात्र कारण हुन सक्दैनन । त्यसैले राज्यले विषेश चासोका साथ कारागारलाई प्राथमिकतामा राखी कैदीबन्दिहरुको आधारभुतमानवअधिकारको संरक्षण गरि बाँच्नपाउने अधिकारको सुनिश्चितताको प्रवन्धमिलाउनु पर्दछ ।
–  कारागार विभिन्न मुद्दामा सजायभोगिरहेका कैदीबन्दि रहने ठाऊ भएकाले त्यहा रहेका कैदीबन्दिहरुको मनोविज्ञान,चालचलन र आनीबानीका सन्र्दभमाबुझने रत्यसको उचित रेकर्ड राख्ने कुनै संयन्त्रकारागार प्रशासनमाभएको पाईएन,जसले गर्दा वेला वेलाअप्रिय घटनाहरु भइरहेकाछन, यस सन्र्दभमाराज्यको बेलैमाध्यानपुग्न जरुरी छ ।
– कैदीबन्दिहरु एक ठाऊबाट अर्को ठाऊ स्थानान्तरण गर्दा पहँुचवालावाभनसुनकाआधारमानभई,ऐन नियममाभएकाब्यवस्थाको प्रभावकारी कार्यान्वयनगर्न यस बारेमास्पष्ट मापदण्ड र कार्यबिधितयार पारि सोहि अनुसार गर्न गराउन कारागार निर्देशनालयले आवश्यकनीतिबनाई कार्यान्वयनमाल्याउनु पर्दछ ।
– प्रत्येकबर्ष कारागार भित्र डरलाग्दो संख्यामाकिन कैदीबन्दिहरुको मृत्यु भईरहेको छ त्यसबारेमा सरकारले सुक्ष्म रुपमाअध्ययनगरि कारागारलाई समय सापेक्ष सुरक्षितबनाउन र कैदीबन्दिहरुको आधारभुतमानवअधिकारको संरक्षण गरि बाँच्नपाउने अधिकार सुनिश्चित गराउने – सरकारको प्रत्येकबर्ष बजेट भाषण मार्फत सार्वजनिकहुने नीतितथाकार्यक्रम र बजेटमा किन कारागार सुधारका कार्यहरु प्राथमिकतामा पर्दैनन् रु यस सम्बन्धमा राजनैतिकदल, सरकार सवैको ध्यानजानआवश्यक देखिन्छ ।
– आफनो नियन्त्रण भित्र रहेकानागरिकहरुको स्वास्थ्य,सुरक्षाका सवालमा राज्य सम्वेदनशिलहुनुपर्दछ तर केहि बर्षयता कारागार भित्रको मृत्यु डरलाग्दो देखिन्छ, रोल्पा कारागार भित्रको सुन्दर हरीजन घटनाको स्वरुपझनै डरलाग्दो छ । निजलेआत्महत्यागर्नुको मुख्य कारणहरु मध्ये अर्काको सजायआफूले भोगिरहेको र यो परिस्थिती पु¥याउने कार्यमातत्कालीनबाँके कारागार प्रशासन समेत रहेकाले तत्कालीन कारागार प्रशासन,कारागार सुरक्षाकर्मीहरुलाई अनुसन्धानको दायरामाल्याई दोषी देखिएकानूनबमोजिम सजायको भागीबनाईनु पर्दछ ।
– यस घटनामा मुख्यपात्रका रुपमा सुर्खेत निवासीविजयविक्रमशाह देखिएकाले निजको तदारुकताका साथखोजतलास गरि, घटनाको सत्य – रोल्पा कारागारमा मृत्युवरण गरेका सुन्दर हरिजनका परिवारलाई क्रियाखर्च सहितउचित क्षेतिपुर्तिको व्यवस्थागर्न हामी सरकार समक्षअपिल समेत गर्दछौ ।
– कारागार भित्रकाआत्महत्याका घटनाले हाम्रो फौजदारी न्याय प्रणालीमा केही समस्या छन् भन्ने कुराको इंगित गरेकाले यसमाआवश्यक सुधारको पहलगरिनु पर्दछ ।
– कारागारको समुचितब्यवस्थापन, कैदीबन्दीको आधारभुतमानवअधिकारको संरक्षणमा राज्यको दायित्वभएकाले यसमा राज्य संबेदनशिलभई आवश्यककदमचाल्नु पर्दछ ।
– रोल्पा घटना एउटा प्रतिनिधिमुलक घटना हो । यस्ता घटनाहरु अन्यत्रपनिघटेकावा घटिरहेका हुन सक्छन् यसतर्फ सरोकारवालानिकाय सजक र सतर्क हुन जरुरी छ ।
९. निष्कर्ष
१. कैदीबन्दीे एकले पाएको सजाय अर्कोले भोग्ने गरि कैदीपुर्जि र ब्यक्तिसमेत साटिएको घटनाले कारागार प्रशासनको गंभिर लापरवाही देखियो ।
२. कारागार प्रशासनबाट भएको गंभिर लापरवाहीका कारण पहिले नै थुनामुक्त हुनपर्ने कैदीको अस्वाभाविक मृत्यु भएको घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरि दोषि उपर कानून बमोजिम आवश्यक कारवाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दछौ ।
३. नेपालका कारागार भित्र श्रृखलाबद्ध रुपमा भइरहेको कैदीबन्दीको अस्वाभाविक मृत्युका घटनाले कारागार ब्यवस्थापन र फौजदारी न्याय प्रणालीमा ब्यापक सुधार हुनुपर्ने देखियो । यसमा नेपाल सरकारले ठोस कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्न आवश्यक छ ।
४ अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षि कानून व्यवशायी र अदालत, नावालक जोडिएको बिषयमा बालन्याय प्रति संबेदनसिल भएको देखिएन । पक्राउ परिसकेपछि उमेर खुल्ने प्रमाण पेश गर्नुपर्ने कानूनी ब्यवस्था रहेको र अदालतमा सुन्दर हरिजनले बयान गर्दा १७ बर्ष भनी आफ्नो उमेर बताएको अवस्थामा पनि त्यस उपर एकिन गरिएको पाईएन ।
५ अभियोग दर्ता गराउने बेलामा नै अनिवार्य रुपमा अभियुक्तको पहिचान खुल्ने गरि जन्ममिति सहितको परिचयपत्र राख्नु पर्ने र यो ब्यवस्था कारागारका कैदीबन्दीको हकमा पनि ब्यवस्थित रुपमा लागु गरिनु पर्ने ।

Nabintech