७ बैशाख २०८१, शुक्रबार
अछाम विनोद मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन मानेन, ४ दिनदेखि शव घटना स्थलमै

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७९, मंगलवार २१:५५

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय किशोर विनोद शाहीको शव ४ दिनदेखि उठाइएको छैन । जेठ १७ गते बेलुकादेखि हराइरहेका विनोद पाँच दिनपछि जेठ २१ गते विहान मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर–४ कुच्चीको भिरको खोँचमा मृत अवस्थामा फेला परेका थिए । हराइरहेका विनोदको शव भेटिएपछि उनको हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै विनोदका आफन्त र स्थानीयबासी आन्दोलित छन् ।
विनोदको हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दिँदा समेत प्रहरी प्रसाशनले किटानी जाहेरी दर्ता गर्न मानेको छैन । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि विनोदका परिवार र स्थानीयबासीले शव उठाउन दिएका छैनन् ।नगरप्रमुख अम्बिका चलाउने, वडा नम्बर ४ का निर्वतमान वडाअध्यक्ष सज्जन बहादुर शाहीसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको मङ्गलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा विनोदका आफन्तले बताएका छन् । किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ ।यस्तै बिनोदका आफन्तहरुले अजै कोहलपुरमा पनि पत्रकारसम्मेलन गरेका थिए । यदि जाहेरी दर्ता नगरेको खण्डमा कडा आन्दोलन गर्ने उनका आफन्तहरुले बताएका छन ।

Nabintech