४ बैशाख २०८१, मंगलवार
फादर जेम्स बिरुद्ध न्यायिक समितिमा उजुरि

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०७९, बुधबार ०६:५२

कोहलपुर नगरपालिका वडा नं. १० रामनगरको यहि जेष्ठ २१ गते शनिबार भएको टोल भेलामा जीवनज्योती स्कूलका फादर भनिने जोमन जेम्सले स्थानीयहरुको अपमान हुने गरि बोल्दा उनका बिरुद्ध उजुरी परेको हो ।
उनले अभिब्यक्त गरेका अभिब्यक्तिलाई लिएर स्थानीय कृष्ण बि.सी.ले आबश्यक कारबाही गरि पाउ भनि कोहलपुर नगपालिकाको न्याय पालिकामा निवेदन दिएका छन ।
फादर जोमनले जनप्रतिनीधी र स्थानीहरुकै बिचमा कोहलपुर नगरपालिकाका पिता तथा निबर्तमान मेयर लुटबहादुर रावतलाई समेत भद्धा शब्दहरु प्रयोग गरि उनले गरेका दिर्घकालिन बिकास निर्माणमा समेत अनावश्यक प्रश्न गरेको कोहलपुर नगरपालिका वडानं १० का एक सदस्यले बताए ।
उनले भने कोहलपुरका स्थानीय र यहाँका जनप्रतिनिधीहरुले प्रश्न गर्न स्वभाभिक हो तर हाम्रो समाजमा अन्य देशबाट आएका नागरिकले यसरी जनप्रतिनिधीलाई नै बिभिन्न आक्षेप लागाउने गरि बोल्दा समग्र कोहलपुरबासी र जनप्रतिनिधीहरुको अपमान भएको ति सदस्यलेआफ्नो नाम नछाप्ने भन्दै कोहलपुर टाइम्सलाई जानकारी दिए ।
उनका बिरुद्ध परेको उजुरीका बिषयमा आज बुधबार कोहलपुर नगरपालिकामा छलफलका लागि बोलाईने कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले बताउनु भयो । टोल भेलाका क्रममा केहि बिबाद भएको र सो बिषयमा आबश्यक छलफलका लागि निवेदन आफुहरु कहाँ आएको हुदा ठुलो बिषय नभएको समेत जानकारि दिनु भएको थियो ।

 

Nabintech