१९ बैशाख २०८१, बुधबार
जिसस बाँकेको उपप्रमुखमा सीता कार्की निर्विरोध

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०७९, बुधबार १८:२३

जिल्ला समन्वय समिति बाँकेको उपप्रमुखमा नेपाली कांग्रेसकी नेतृ सीता कार्की निर्विरोध भएकी छिन् । बुधबार उपप्रमुख पदमा कार्की बाहेक अरु कसैको उम्मेदवारी नपरेका कारण उनी निर्विरोध भएकी हुन् ।

त्यस्तै पुरुष सदस्यमा पनि चारजना निर्विरोध चयन भएका छन् । जसमा नेपाली कांग्रेसका उदय नारायण मिश्र, जुलफकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध भएका हुन् ।

साथै दलित वा अल्पसंख्यकमा पनि कांग्रेसका जगदीश बाल्मिकी निर्विरोध चयन भएका छन् । अब जिल्ला समन्वय समितिको प्रमुख र महिला सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रमुखमा दुईजना र महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । जसमा प्रमुख एकजना र महिला सदस्य ३ जना चयन हुने छन् । प्रमुख पदका लागि कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्यमा जसपाबाट तरन्नुन बानो शेष र लक्ष्मी पासीको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रबाट चमेली थरुनी र रेवती दमाईको उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको जेठ २७ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।

Nabintech