६ बैशाख २०८१, बिहीबार
राष्ट्रिय युवा परिषदद्वारा १३ जिल्ला युवा समिति अध्यक्ष नियुक्त, शपथ पनि गराइयो (सूचीसहित)

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७९, शनिबार ०६:५०

काठमाडौं –  राष्ट्रिय युवा परिषद्ले विभिन्न १३ जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लामा परिषद् ऐनको दफा ११ को उपदफा २ ९क० बमोजिम अध्यक्ष नियुक्त गरिएको हो ।

नियुक्त भएका जिल्ला समिति अध्यक्षलाई परिषद्ले शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा बोलाएर १३ जनालाई नै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएको छ ।  परिषद्का अध्यक्ष एव युवा तथा खेलकुदमन्त्री गहतराजले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कुन जिल्लाको अध्यक्षमा को नियुक्त रु

हिकमतबहादुर शाही–दैलेख

सुजन राई–सोलुखुम्बु

पासाङ निमु शेर्पा–संखुवासभा

चेतप्रसाद बोलखे–रौतहट

टिका भुर्तेल–नवलपुर

सुजन लिम्बु–ताप्लेजुङ

समिक शेरचन–मुस्ताङ

युवराज दाहाल–झापा

आविष्कार क्षेत्री–स्याङ्जा

भक्तबहादुर थापा–बर्दिया

नवराज कार्की–मुगु

सञ्जयकुमार दास–सप्तरी

चक्रबहादुर रावल–जुम्ला

Nabintech