६ बैशाख २०८१, बिहीबार
प्रमुख चौधरी र उपप्रमुख कार्कीले गरे पदभार ग्रहण

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७९, शनिबार ०६:५५

जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित प्रमुख ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुख सीता कार्कीले पदभार ग्रहण गरेका छन् । प्रमुख र उपप्रमुखमा निर्वाचित भएपछि प्रमुख चौधरी र उपप्रमुख कार्कीले आजै पदभार ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले जनता समाजवादी पार्टी (जसपा)  नेपालका उमेश कुमार कुर्मीलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका हुन् । सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख अजय कुमार श्रीवास्तव, कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायत उपस्थित थिए ।

पदभार ग्रहण गर्नुअघि प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए । प्रमुख चौधरीलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । उपप्रमुख र सदस्यहरुलाई प्रमुख चौधरीले सपथ खुवाएका थिए । शुक्रवार भएको निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका चौधरी र उपप्रमुखमा पनि कांग्रेसकै कार्की निर्वाचित भएका हुन् ।

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका हुन् ।

दलितरअल्पसंख्यक सदस्यमा भने निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदिश बाल्मिकी निर्विरोध निर्वाचित भएका थिए । खुला सदस्य पनि तीन जना नै निर्विरोध भए । नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका थिए । तीन जना नै कांग्रेसका हुन् ।

Nabintech