८ बैशाख २०८१, शनिबार
मजदुर संगठनले गर्यो अटो चालकहरुको स्वास्थ्य परिक्षण

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७९, शनिबार १४:३५

इ रिक्सा अटो मजदुर संगठन कोहलपुर इकालईले कोहलपुर नगर क्षेत्रमा रहेका अटो तथा रिक्सा चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै संगठनको कार्यालय कोहलपुरमा स्वास्थ्य परिक्षण गरिएको कोहलपुर इकाईका अध्यक्ष बिनोद मल्लले जानकारी दिए । चालकहरुको सुगर, ब्लडप्रेसर, आँखा, नाक, कानहरुको चेक जाँच गरिएको थियो । मल्लले भने गर्मीका कारण चालकहरुलाई स्वास्थ्य सम्बन्धी बिभिन्न समस्याहरु आउने हुदा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यसै अबसरमा स्थानीहरुको पनि स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।
स्वास्थ्य परिक्षण कार्यक्रमलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका चिकित्सकहरुले सहजिकरण गरेका थिए । भने जिफन्ट बाँकेका पदाधिकारी हरुको पनि उपस्थिती रहेको थियो । करिब २ सय जनाले स्वास्थ्य परिक्षण बाट लाभ लिने जिफन्ट बाँकेका सह इन्चार्ज टेकबहादुर सिंजालीले जानकारी दिएका थिए । कार्यक्र बिहान ११ बजे देखि साझ ४ बजेसम्म संचालन हुने छ । स्वास्थ्य परिक्षणमा आएका चालकहरुले यस्तो कार्यले आफुहरुको समय बचत हुनुका साथै आफ्नो स्वास्थ्यको परिक्षण गर्ने अवसर मिलेको जनाएका थिए । बिहानै देखि अटो चलाउन पर्ने भएकाले मेडिकलमा जानलाई बिरामीनै हुनु पर्ने भएकाले अन्य समयमा चेकजाँच नगर्ने भएको हुदा यसरी शिबिर संचालन गरेर मजदुर संगठनले राम्रो काम गरेको चालकहरुले बताएका थिए ।

Nabintech