१२ बैशाख २०८१, बुधबार
कोहलपुरमा चोरी र लागु औषध दुर्व्यसनी प्रयोगकर्ता बढ्दै

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७९, सोमबार ०६:२४

इलाका प्रहरी कार्यालय कोहलपुर को त्रिबर्षिय तथ्यांक हेर्नेहो भने चोरीका घटनाहरु उल्लेखिय रुपमा बढ्दै गएका छन । आब २०७६/७७ मा १९ वटा भएको मा आब ७७/७८ मा केहि कम १८ वटा भएको पाईएको छ भने आब २०७८/७९ को जेठसम्ममा यसको संख्यमा बृद्धि भई २८ वटा चोरीका मुद्द दर्ता भएको प्रहरीले को तथ्यंकमा रहेको छ । जसमा २५ वटा मुद्दाहरु फर्चौट भैसकेका छन । पछिल्ला दिनहरुमा कोहलपुरलगाएत आसपासका क्षेत्रमा चोरीका घटनाहरु भैरहेको पाईन्छ तर चोरी गर्ने गिरोह अझै पनि नियन्त्रणमा नआउदा दैनिक जसो चोरी भैरहेको छ ।
यस्तै इलाका प्रहरी कार्यालयको यो आबको जेठ महिनाको लागु औषध ब्राउन सुगरकोे तथ्यंक हेर्नेहो भने गत आब भन्दा केहि बढि भएको छ । यो आबमा मात्र लागु औषधका १८ वटा मुद्दा दर्ता भएका छन भने १२ वटा फर्चौट भैसकेका छन । गत आबमा १४ वटा मुद्दा दर्ता भएको मा १२ वटा मुद्दा फर्चौट भएका थिए भने दुईवटा बाँकी रहेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लका अनुसार चोरीका घटनाहरु जती भएका छन त्यसमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्नेकाम भैरहेको छ । उनले भने समाजमा बेरोजगार र लागुऔषध दुब्र्यसनीका कारण पनि चोरीका घटनाहरु बढ्दै गएको पाईएको छ ।
कोहलपुरमा लागु औषध प्रयोगकर्ताहरुको संख्यामा केहि बृद्धि भएको पक्कै्र हो तर उनीहरुलाई प्रमाण सहित नियन्त्रणमा लिन केहि कठिनाई भएको कारण पनि सजाय दिन समस्या भएको मल्लले बताए । तर प्रहरीले पछिल्ला दिनहरुमा लागु औषधका धेरै कारोबारीहरुलाई नियन्त्रणमा लिने काम गरिरेको छ ।

Nabintech