१३ बैशाख २०८१, बिहीबार
एक्सपर्ट एजुकेशन अब कोहलपुरमा

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७९, सोमबार १६:१५

बिभिन्न देशहरुबाट बिदेशमा उच्च शिक्षा अध्यण गर्न चहाने बिद्यार्थीहरुलाई सेवा दिंदै आएको एक्स्पोर्ट इजुकेसन भिसा सर्भिसले आफनो सेवा कोहलपुरमा पनि बिस्तार गरेको छ । सोमबार कोहलपुर शाखाको उदघाटन संगै एक्स्पोर्ट इजुकेसन भिसा सर्भिसले देश भरिका करीब २४ ठाउबाट आफनो सेवा दिइरहेको जनाएको छ ।

एक्स्पोर्ट इजुकेसन भिसा सर्भिस शाखा कोहलपुरको उदघाटन गर्दै कोहलपुर नगर कार्यपालिका सामाजिक बिकास समिती संयोजक एबं उदघाटन समारोहका प्रमुख अतिथी इश्वरी प्रसाद बिश्वकर्माले एक्स्पोर्टको शाखा कोहलपुरले कोहलपुरको थप चिनारी थप्ने बिश्वास ब्यक्त गरे । उन्ले शैक्षिक क्षेत्रमा थप इटा थपिएको छ भन्दै यस्ले बांके, बर्दिया,कैलाली तथा सुर्खेत दागं सम्मका बिद्यार्थीहरुलाइ बिदेशमा गएर गुणस्तरीय शिक्षा लिन सहज हुने कुरामा आफु बिश्वस्त रहेको बताए । गरीब, बिपन्न तथा पछाडि पारीएका जाती बर्ग र लिंगलाई बैदेशिक शिक्षाको पहुचका लागि एक्सर्पोटले प्राथमीकता दिनुपर्ने भन्दै बिश्वकर्माले सामाजिक उत्तर दायित्वलाइ मनन गरि कोहलपुरका बिद्यार्थीहरुलाई पहिलो प्राथामितामा राख्न आब्हान समेत गरे ।

कार्यक्रममा क्रिसा बांकेका अध्यक्ष एबं कोहलपुर नगरकार्यपालिका शिक्षा समितीका सदस्य दिनेश सिग्देलले राजधानिबाट मात्र बैदेशिक शिक्षाका लागी पुर्ब तयारी कक्षा लिनुपर्ने बाताबरणको अन्त्य भएको चर्चा गर्दै मोफसलमा नै यो सुबिधा पाउनु सौभाग्य भएको बताए । उन्ले कोहलपुर शिक्षाको हब बनिरहेको सन्दर्भमा एक्सर्पोट यस क्षेत्रका लागि कोशेढुगां साबित हुने औंल्याए । एक्स्पोर्ट इजुकेसन भिसा सर्भिस नेपालगञ्जका अध्यक्ष शिबा शर्माको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य भुप बहादुर दर्जि, सानिमा लाइफ इन्सुरेन्स लुम्बिनी प्रदेश प्रमुख जयदेब गौतम, एक्सर्पोट नेपालगञ्जका म्यानेजर सुनिल खडका लगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन अप्रेसन म्यानेजर श्याम अधिकारीले गरेका थिए ।

Nabintech