१६ चैत्र २०८०, शुक्रबार
काठमाडौँबाट १ अर्ब २ करोड मूल्य बराबरको हेरोइनसहित सात पक्राउ

चरणबद्ध सर्च अपरेसनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ


  • टाइम्स संवाददाता

  • २ असार २०७९, बिहीबार १७:२०

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ । प्रहरीले पछिल्लो साता चरणबद्ध सर्च अपरेसनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ परेका ७ जना व्यक्ति आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।  केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको पत्रकार सम्मेलनमा जानरकाी दिइयो ।

ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  । पक्राउ परेका सबै दक्षिण अफ्रिकाका नागरिक हुन् ।बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको जनाइएको छ । बरामद गरिएको सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो । पक्राउ पर्नेमा २९ देखि ४७ वर्षकी महिला छन्। यी महिलाहरु ६ वटा समूहबाट संचालित भएको प्रहरी अनुसन्धानका खुलेको छ। ती समूह संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् । अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने तयारीमा थिए ।  काठमाडौंको ठमेल र त्यसको वरपर गरिसएको एक हप्ता लामो अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन्

ब्युरोका अनुसार यो लागुऔषध  विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो ।  पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ल अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech