१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा नक्कली सुन सहित सात जना पक्राउ, मुख्य योजनाकार नै फरार

  • टाइम्स संवाददाता

  • ३ असार २०७९, शुक्रबार २२:१७

इलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली सुन सहित ७ जना पक्राउ गरेको छ । पक्राऊ पर्नेमा कोहलपुर २ का वर्ष ४२ की निर्मला बोहरा र सोही ठाउ ६ बस्ने बर्ष २३ की मनुराधा बपाल मगर, खजुरा २ बस्ने वर्ष ३८ को तिलक सुनार, जिल्ला अर्घाखाँची घर भई कोहलपुर ११ बस्ने बर्ष ३३ को सन्तोष सुनार, १ बस्ने बर्ष २७ को नवराज विश्वकर्मा, बैजनाथ २ बस्ने बर्ष १९ को दिनेश सुनार र जिल्ला पाल्पा भवुनपईखरी गाउँपालिका ६ बस्ने बर्ष २१ को बाबुराम सुनार रहेका छन ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राऊ गरेको हो । जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं। ६ सम्झना बजारमा नक्कली सुनका गरगहनाहरु सुन पसलमा बिक्री गरी रकम ठगी गरिरहेका छन भन्ने सूचनाको आधारमा दिउँसो अन्दाजी ४ बजे तिर नक्कली सुन सहित पक्राऊ गरिएको डिएसपी ऐन मल्लले जानकारी दिनु भयो ।

उनीहरूको साथबाट सुन जस्तो देखिने छड्के तिलहरी ३ पिस, सुन जस्तो देखिने माईली तिलहरी १६ पिस, सुनको जस्तो देखिने चुरा ९बाला० ८ पिस, सुनजस्तो देखिने मरहरी १ जोडी, सुनजस्तो देखिने जुली १ जोडी, चाँदीको जस्तो देखिने चुरा १ जोडी, चिप्टी २ थान, सुन काट्ने कैची २ थान, हतौडा १ वटा, सनासो १ वटा, पित्तलको पाता १ पिस, औठी बनाउने फलामको डण्डी १ वटा, ताल बराही ज्वैलर्स लेखेको ठेली १ थान, मालिका सुनचाँदी पसलको ठेली १ थान, पञ्चमुखी ज्वैलर्स लेखेको ठेली १ थान, सुन पगाल्ने ग्यास पप्प थान १ सुन सुकाउने पम्प १ थान, नगद रु.४०,००० (चालिस हजार) प्रहरीले बरामद गरेको छ । तर घटनाको मुख्य योजनाकार भनिने टिकाराम सुनार अझै पनि फरार रहेको समेत प्रहरीले जनाको छ । फरार ब्यक्तिको खोजिकार्य तिव्र रुपमा गरिएको समेत मल्लले जानकारी दिए । नक्कली गहनाहरु सहित पक्राउ गरी ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको डिएसपी मल्लले बताउनु भयो ।

Nabintech