८ बैशाख २०८१, शनिबार
सल्यानमा जिप दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको


  • टाइम्स संवाददाता

  • ५ असार २०७९, आईतवार ०८:२०

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट सोही वडाको डोप्के जाँदै गरेको जन्ती बोकेको भे १ ज १०२१ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो। दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको र मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।   जिप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको र जिप चालक फरार रहेको उनको भनाइ छ।

Nabintech