११ बैशाख २०८१, मंगलवार
खहरे खोलामा चिप्लिएर बसका सहचालक बेपत्ता

बसबाट झरेर चाउचाउ किन्न गएका बोहोरा चिप्लिएका हुन


  • टाइम्स संवाददाता

  • ५ असार २०७९, आईतवार ०८:३४

चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् ।  इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान  चिप्लिएर बेपत्ता भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ । रासस

Nabintech